नेपालगञ्ज तीन दिनसम्म निषेधित क्षेत्र (कर्फ्यू)घोषणा

नेपालगञ्ज तीन दिनसम्म निषेधित क्षेत्र (कर्फ्यू)घोषणा

जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिकालाई पूर्ण निषेधित क्षेत्र घोषणा गरेको छ। मंगलवार बिहानदेखि बिहीवार मध्यरातसम्म निषेधित क्षेत्र घोषणा गरेको हो।

नेपालगञ्जमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढ्दै गएसँगै लकडाउनलाई पूर्णरुपमा प्रभावकारी बनाउन निषेधित क्षेत्र तोकिएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए।

प्रजिअ खड्काको अनुसार लकडाउनलाई सफल बनाउनै निषेधित क्षेत्र घोषणा भएको हो हो । निषेधित समयमा कसैलाई पनि घर बाहिर निस्कन पाउने छैनन्।

नेपालगञ्जमा हालसम्म १६ जनामा भाइरसको संक्रमण देखिएको छ। आइतवारमात्रै त्यहाँ १५ जनामा संक्रमण देखिएको थियो।