‘ग्रिन रिकभरी’ले कोरोना प्रभावित अर्थतन्त्रलाई ब्युँताउने 

‘ग्रिन रिकभरी’ले कोरोना प्रभावित अर्थतन्त्रलाई ब्युँताउने 

काठमाडौ । हरित वनस्पति क्षेत्रलाई फर्काउन गरी  निर्माण भएका आर्थिक परियोजना ‘ग्रिन रिकभरी’ले कोरोनाप्रभावित अर्थतन्त्रलाई पुनर्जीवित गराउनर जलवायु परिवर्तनलाई व्यवस्थित गर्न सक्ने विज्ञहरूले बताएका छन् ।

हरित सार्वजनिक लगानीका व्यापक कार्यक्रमहरूले कोरोनाभाइरस प्रभावित अर्थतन्त्रलाई ब्युँताउन र जलवायु परिवर्तनको समस्या समाधान गर्न एक निर्णायक धक्का दिन लागतको फाइदा धेरै उपलब्ध (मस्ट कस्ट इफेक्टिभ) गराउने अमेरिका र बेलायतका शीर्षतहका अर्थशास्त्रीहरूले एक अध्ययनमा बताएका छन् ।

नोबेल पुरस्कारबाट सम्मानित कोलम्बिया युनिभर्सिटीका जोसेफ स्टिग्लित्स र बेलायतका प्रभावशाली जलवायु विज्ञ लर्ड निकोलास स्र्टनले ‘ग्रिन रिकभरी’का कार्यक्रमहरूबारे जोड दिएका हुन् ।

उनीहरूले ग्रिन रिकभरीले विश्वलाई गतिशील बनाउने बाटो हुने आह्वान गरेका छन् ।

जलवायु परिवर्तनको क्षेत्रमा प्रगतिका लागि कोरोनाभाइरस कोभिड–१९को संकटले एक नयाँ निकास विन्दु हुन सक्ने अध्ययनका दुबै लेखकहरूले जनाएका छन् । साथै आगामी ६ महिनामा यसमा आधारित नीति निर्माण कार्यमा भर पर्ने उनीहरूले  जनाए । 

कोरोनाभाइरसले विश्वका अर्थतन्त्रहरूलाई दिएको धक्काबाट जोगाउन ठूलो आर्थिक प्याकेज निकालि रहेका छन् । यस्तो अवसरमा धेरै लगानीकर्ताहरू, राजनीतिज्ञ र व्यवसायिक नेताहरूले एक न्यून कार्बन भविष्य तर्फ ध्यान दिने गरी एक अद्वितीय अवसर हेर्छन् ।

जर्मनकी चान्सलर एन्जेला मर्केल र अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रवन्ध निर्देशक त्रिस्टिलिना जर्जिएभाले गत साता ग्रिन रिकभरीका बारेमा आह्वान गरेकी थिइन् ।

अध्ययनका लेखकहरूले सन् २००८को वित्तीय संकट देखियता ल्याइएका आर्थिक प्रोत्साहन नीतिसम्बन्धी ७सय भन्दा बढी कार्यक्रमहरूको अध्ययन र ५३ देशका २३१ विज्ञहरूको सर्वेक्षणहरूको अध्ययन गरेका छन् । यसमा वित्तीय क्षेत्रका बरिष्ठ अधिकारीहरू, पूर्व वित्तमन्त्रीहरू र केन्द्रीय बैंक प्रमुखहरूको विचारहरूलाई समावेश गरिएको छ ।

यो अध्ययनबाट नवीकरणीय ऊर्जा  वा ऊर्जा प्रभावकारितालाई बलियो पार्ने हरित परियोजनाहरूले धेरै रोजगार सिर्जना गर्न देखिएको छ । यस्ता परियोजनाले अल्पकालीन प्रतिफल दिने र दीर्घकालमा लागत बचत गराउने देखिएको छ ।

यस विषयमा लेखकहरूले केही जोखिम र तिनका सावधानीबारे पनि अध्ययनमा उल्लेख गरेका छन् ।

यो वर्ष कार्बन उत्सर्जनमा भारी गिरावट आएको छ । सरकारहरूले शून्य उत्सर्जनको लक्ष्य तिर जाने वा नजाने भन्ने निर्णय गर्न सक्नुपर्छ ।

कोभिड–१९ले कार्बन उत्सर्जनमा ल्याएको कमी थोरै दिनका लागि हो ।अर्थतन्त्र पुरानै अवस्थमा फर्किने हो भने जलवायु परिवर्तनका समस्या फेरि त्यही पुग्नेछ ।

पूर्ण वा आंशिक लकडाउनमा विश्वका सबै अर्थतन्त्रहरू रहेका छन् । यस्तोमा ग्रिन रिकभरीको बाटो अपनाउँदा अर्थतन्त्र ब्युँताउन र जलवायु समस्याको समाधान गर्न सही हुने उनीहरूले बताएका छन् ।

औद्योगिककरण भएका देशले सफा भौतिक पूर्वाधारमा ध्यान दिनुपर्छ । यस अन्तर्गत सौर्य, हावा र हाइड्रोजन ऊर्जाको क्षेत्रमा लगानी गर्नुपर्ने हुन्छ ।

न्यून तथा मध्य आम्दानी भएका देशहरूमा किसानलाई सहयोग गर्नुपर्ने हुन्छ । यसका लागि जलवायु मैत्री कृषिमा लगानी गर्नु पर्छ ।