क्वारेन्टाइनमा बस्दा टिकटक बनाउनेमाथि मुद्दा दर्ता
काठमाण्डौ, २३ वैशाख । कोरोना भाइरसको सङ्क्रमणको कारण भारतको 'रेड जोन' मा परेको ओडिशाको भद्रक जिल्लाको तिहाडीमा बनाइएको क्वरेण्टीन सेन्टरमा रहेका सात जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।
उनीहरुले व्यक्तिगत दुरी र सामाजिक प्रतिबन्ध नियमको उल्लङ्घन गर्दै टिकटकको भिडियो बनाएका थिए । स्थानीय सरपन्च स्वर्णमयी सेनाले उनीहरुविरुद्ध मुद्दा दर्ता गरेका हुन् ।
उनीहरुले क्वरेण्टीन सेन्टरभित्र बनाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । साथै समाचारमा पनि यसको चर्चा भइरहेको छ ।
भिडियोमा ती सात जना नाचेको र रमाइलो गरेको देख्न सकिन्छ ।
स्थानीय थानाका अधिकारी रमेश सिंहले मुद्दा दर्ता भएपछि अनुसन्धान सुरु गरेको जानकारी दिएका छन् ।
प्रतिक्रिया