दिवङ्गत मन्त्री रवीन्द्रको सम्झनामा बन्यो सबैलाई रुवाउने यस्तो गीत

दिवङ्गत मन्त्री रवीन्द्रको सम्झनामा बन्यो सबैलाई रुवाउने यस्तो गीत

२०७५ साल फागुन १५ गते
जे नहुनु थियो हजुर ठूलो घटना घटे 
देश बनाउने ठूलो सपना बोकेका थे उनले
छिट्टै उनलाई बोलाइदियो अकाशको जुनले... ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारी ताप्लेजुङमा भइको भए हेलिकोप्टर दुर्घटनामा परी निधन भएको करिव दुई हप्ता पुग्न लाग्दा यतिबेला उनको स्मरणमा गीत संगीतहरु बन्ने क्रम जारी छ । उनको निधनले थुप्रै नेपालीहरुका आँखा अझै पूरै ओभाउन सकेका छैनन् । रवीन्द्रले गरेको काम र उनका परिवार अनि उनले बोकेका सपना समेटेर कलाकारहरुले गीत बनाएका छन्, जुन गीत यतिबेला युवट्युवको शीर्ष स्थानमा रहन सफल भएको छ ।

स्वर, शव्द, लय र संगीत हेमन्त कान्छा रसाइलीको रहेको यस गीतमा हेलिकोप्टर दुर्घटना भएदेखि उनको शव संकलन र अन्त्येष्टिसम्मका दृष्यहरु समावेश गरेर तयार पारिएको छ । गीतले जति यथार्थ बोलेको छ, दृश्यले झनै बास्तकिता समेटेको छ । गीत सुन्ने र हेर्नेहरुको मन जतिसुकै दर्विलो भए पनि एकैछिनमा भक्कानो फुटाउने खालको छ । हुम गैरेको सम्पादन र मालिका स्टुडियोको अडियोसहित पुरानो लोकबाजा सारंगीको धुनमा गाइएको यस गीतका थप शव्दहरु यस्ता छन् ः 

मन्त्री भा को एक वर्षमै कस्तो घटना घट्यो
एकबार जन्म पाको चोला एक मिनेटमै कट्यो । 
बिराज रुन्छ स्वराज रुन्छ मेरो बा खोइ भनी 
हाँस्दै गका सातैजना फर्केनन् कोही पनि ... ।

सुन्नुहोस सबैभन्दा चर्चित गीत