विप्लव समूहका नेता अनिल शर्मा अस्पतालबाटै गिरफ्तार
काठमाडौं, २३ वैशाख । सरकारद्वारा प्रतिबन्धित विप्लव समूहले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य अनिल शर्मा बिरहीलाई प्रहरीले गिरफ्तार गरेको छ । उनलाई प्रहरीले चितवनको एक अस्पतालमा उपचार गरिरहेको अवस्थामा पक्राउ गरेको पारिवारिक स्रोतले बताएको छ ।
बिरही भर्याङबाट लडेपछि उनका परिवारका सदस्यहरुले पुरानो मेडिकल कलेज पुर्याएका थिए । उनी अस्पतालमा पुगेको सूचना पाएपछि प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । यसबारे थप विवरण आउँन बाँकी छ ।
प्रतिक्रिया