राष्ट्रपति सि द्वारा युवाहरुलाई सन्देश
सबल दाहाल
काठमाडौं, २३ बैशाख । चिनियाँ राष्ट्रपति सि जिङ्ग पिङले युथ दिवसको अवसरमा चिनियाँ युवाहरुलाई महत्वपूर्ण सन्देश प्रवाह गरेका छन् । युथ दिवस हरेक वर्षको ४ मे महिनामा मनाउने गरिएको छ ।
सान्दोङ प्रान्तमा जर्मनीले आत्मसमर्पण गरेको भू–भाग जापानलाई दिने भनेर चिनियाँ सरकारले गरेको आत्मसमर्पणवादी निर्णयको विरुद्ध बेजिङबाट तीन हजार युवाहरुले शुरु गरेको आन्दोलनलाई मे फोर मुभमेन्ट भनेर चिनिन्छ ।
साम्राज्यवाद विरुद्ध झिल्कोको रुपमा उठेको यो आन्दोलनले पछि विशाल रुप लिंदै जाँदा चीनमा सांस्कृतिक र राजनीतिक आन्दोलन उठ्न सफल भएको थियो । यही आन्दोलनबाट पछिल्लो पाँच दशकसम्म राजनीतिक र सामाजिक नेताहरु जन्मिएका थिए ।
राष्ट्रपति सि ले युवाहरुलाई दिएको पाँच सन्देशको यतिखेर चीनमा चर्चा भइरहेको छ ।
१. युवाहरु कठिनाईबाट नै चम्किन्छन, कडा परिश्रमबाट जीवन बढ्छ,
२. सबै मानिस युवा अवस्था कटेर आएका हुन्छन्, यो चरण उच्च सद्उपयोग गर्ने समय हो र भविष्य निर्माण गर्ने समय हो ।
३. युवाहरु हाम्रो समाजका सबैभन्दा गतिशिल र रचनात्मक समूह हुन, युवाहरुमा नविनता र सिर्जनाको खानी हुनुपर्दछ ।
४. व्यक्तिगत सपनालाई राष्ट्रिय उद्देश्यमा एकीकृत गरेर अन्ततः व्यक्तिले ठूलो उपलब्धिहरु हासिल गर्न सक्दछ ।
५.अहिलेको युवा पुस्ता जनतासँग मिलेर कडा परिश्रम गर्दै राष्ट्रसँग अगाडि बढ्नु पर्छ । जनताको सेवा गर्नु र मातृभूमिमा योगदान पु¥याउनु युवा पुस्ताको उच्च दायित्व हो ।
प्रतिक्रिया