ट्रम्पले न्यूयोर्क र न्यूजर्सीमा शवको बाढी ल्याउन किन चाहे ?

ट्रम्पले न्यूयोर्क र न्यूजर्सीमा शवको बाढी ल्याउन किन चाहे ?

काटमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूयोर्क र न्यूजर्सीमा शवको बाढी ल्याउन चाहेको खुलेको छ ।

ट्रम्प र उनको प्रशासनले कोरोनाभाइरसका बारेमा दिइने चेतावनीलाई बेवास्ता गर्ने गरेको र उनीहरूको मनसाय न्यूयोर्क र न्यूजर्सीलाई ठोस पहिचान नभएको औषधिको प्रयोग गरी कोरोनाको ‘हट स्पट’ बनाउन चाहेको त्यहाँका एक वैज्ञानिकले जनाएका छन् । 

ट्रम्प सरकारले ती वैज्ञानिकहरूले दिने चेतावनीहरूलाई बेवास्ता गर्ने र मलेरियाका औषधिलाई प्रयोग गर्न दबाब दिने गरेको र नमान्नेलाई पदबाट हटाउने गरेको पाइएको छ ।

बायोमेडिकल एडभान्स्ड रिसर्च एन्ड डिभलपमेन्ट अथरिटीको पूर्व निर्देशक डाक्टर रिक ब्राइटले कोरोनाभारसका बारेमा सचेत गराउने निकायको चेतावनीलाई बेवास्ता गरेको आरोप सहितको एक अभियोग दर्ता गराएको अल जजीरा डटकमले ‘ट्रम्प अफिसल्ज इगनोर्ड वार्निङ्स’ शीर्षकमा यो समाचार छापेको हो ।

वैज्ञानिक ब्राइटले राजनीतिक दबाब बढेको र त्यस विरूद्ध आफूले केही गर्न नसकेको अनुभव गरेपछि पदबाट राजीनामा दिएको आरोप लगाएका छन् ।

मलेरियाको औषधि हाइड्रोक्सीक्लोरोक्वीनको प्रयोग गर्न दिएको दबाबलाई थेग्न नसकेपछि आफूले राजीनामा दिएको बताउँदै ब्राइटले  ट्रम्प सरकारले न्यूयोर्क र न्यूजर्सीमा मलेरियाको औषधि प्रयोग गरी  ‘हटस्पट फ्लड’ वा शवको बाढी ल्याउन चाहेको बताए ।

ट्रम्प सरकारले वैज्ञानिकहरूद्वारा कोरोनाभाइरससम्बन्धी दिइएको चेतावनीलाई अस्वीकार गरे र विश्व स्वास्थ्य संगठनले जनवरीमा जारी गरेको चेतावनीको पनि बेवास्ता गरेको  ब्राइटले बताए ।

अमेरिकाको स्वास्थ्य तथा मानव सेवा मन्त्री अलेक्स अजारबाट कोरोनाभाइरस महामारीबारे हुन खोजेको चलखेलको आफूले विरोध गर्न खोजेको बताउँदै त्यो विभागले हाइड्रोक्सीक्लोरोक्वीनलाई कोरोना विरामीका लागि अमृत भएजसरी चलाउन दबाब दिएको उनले दायर गरेको उजुरीमा उल्लेख छ ।

विभागका अधिकारीहरूले पाकिस्तान र भारता कारखानाबाट आएका मलेरियाको औषधिको बाढी न्यूयोर्क र न्यूजर्सीमा लगाए । यो औषधिको निरीक्षण अमेरिकाको नियामक निकाय एफडीएबाट नगरिएको उनले जनाए ऊजुरीमा छ् ।

गत महिना एफडीएले डाक्टरलाई यसको प्रयोगबारे सतर्क गराएको थियो । हरेक दिन मान्छे मर्न थालेपछि आफूले नैतिकताका आधारमा  अमेरिकी जनतालाई यो औषधिको जोखिमबाट जोगाउनुपर्ने दायित्व रहेको निर्णय गरी राजीनामा दिएको उनले उजरीमा उल्लेख गरेका छन् । 

जनवरी २०मा विश्व स्वास्थ्य संगठनले दिएको चेतावनीलाई बेवास्ता गरी राष्ट्रपति ट्रम्पले उल्टो संगठन चीनको पक्षधर भएको आरोप लगाइ दिने गरिएको कोष कटौती गरे ।

ब्राइटले दिएको उजुरीको प्रतिक्रियामा स्वास्थ्य तथा मानव सेवाका एक महिला प्रवक्ताले कोरोनाभाइरसको उपचारमा आकस्मिक उपचारका लागि क्लोरोक्वीन र हाइड्रोक्सीक्लोरोक्वीनको उपयोग गर्न अधिकार माग गरेका व्यक्त ब्राइट भएको जनाएकी छिन् ।

यस सम्बन्धमा ब्राइटले यसको प्रयोग सिमित समूहको बिरामीमा डाक्टरको निगरानीमा दिन सुझाएको अमृत सरह दिन नभनेको जवाफ दिए ।