कोरोना हटाउने माडागास्करको ‘हर्बल पेय’

कोरोना हटाउने माडागास्करको ‘हर्बल पेय’

२४ वैशाख, काठमाडौ । कोरोनाभाइरसको रोकथाम र उपाचारका लागि अफ्रिकी देश माडागास्करले जडीबुटीबाट ‘हर्बल’ पेय पदार्थको विकास गरेको छ ।

माडागास्करका राष्ट्रपति एन्ड्रिराजोएलिनाले कोरोनाभाइरसको जडीबुटी उपचार सार्वजनिक गरेका हुन् ।

एक कार्यक्रममा उनले त्यो हर्बल पेय पदार्थ पिएर सार्वजनिक गरे ।

विश्वभर यो रोगको उपचारको खोजी गरिरहेका बेला माडागास्करले जडीबुटी उपचार फेला पारेको दाबी गरेको हो ।

यसको नाम ‘कोभिड अरगेनिक’ दिइएको छ । ४५ वर्षीय राओएलिनाले यो हर्बल चियाले सात दिनमा परिणाम दिने गरेको बताए । पत्रकार र कुटनीतिज्ञहरूलाई जानकारी दिन उनले यस्तो बताए ।  यहाँ कोही नमरे पनि संक्रमितको संख्या १४९ जना रहेको पाइएको छ ।

कोभिड अरगेनिकको निर्माण आर्टेमिसिया नामको एक विरूवाबाट बनाइन्छ । यो विरूवा मलेरिया विरूद्धको प्रमाणित रहेको छ । यसका साथै अन्य जडीबुटी मिलाइ यो पेय पदार्थ तयार गर्ने गरिएको मालागासी इन्स्टिच्युट अफ अप्लाइड रिसर्चले जनाएको छ ।

यो विरूवा पहिलो पटक सन् १९७० को दशकमा चीनबाट मलेरियाको उपचारका लागि माडागास्करमा लगिएको हो ।

यो जडीबुटी चियालाई बोटलमा राखेर बिक्री गर्ने गरिन्छ । राष्ट्रपति राजोएलिनाले यसको क्लिनिकल ट्रायल जारी रहेको छ । क्लिनिकल परीक्षण सफल भएपछि यसलाई शरीरमा दिइने इन्जेक्सन बनाइने उनले जनाए ।

तान्जनिया, लाइबेरिया, इक्वेटोरियल गुइनिया र गुइनिया बिसाउ जस्ता अफ्रिकी देशले यो कोभिड अरगेनिकको आयात गर्न आदेश दिएका छन् । कतिपयले आदेश अनुरूपको परिमाण प्राप्त गरेका छन् ।