उपचारपछि निको भएका तीन जनामा फेरि कोरोना संक्रमण 

 उपचारपछि निको भएका तीन जनामा फेरि कोरोना संक्रमण 

काठमाण्डौ, २४ वैशाख । उपचारपछि निको भएर घर फर्किएका तीन जनामा फेरि कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण देखिएको छ । काठमाण्डौ, वीरगञ्ज र रौतहटका एकरएक जनामा फेरि कोरोनाको सङ्क्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले वीरगञ्जमा उपचारपछि निको भएकामा फेरि सङ्क्रमण देखिएर अस्पतालमा भर्ना भएको खबर आएको जानकारी दिए ।

काठमाण्डौको सनसिटी अपार्टमेन्टमा यसअघि सङ्क्रमण देखिएर उपचारपछि निको भएका पुरुषलाई फेरि सङ्क्रमण भएको डाक्टर देवकोटाले जानकारी दिए । 

त्यस्तै भारतबाट फर्केका रौतहटका एक युवकमा पनि सङ्क्रमण दोहोरिएको हो ।