स्थायी कमिटीको एजेण्डा तय गर्न नेकपा सचिवालय बैठक बस्दै
काठमाण्डौ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । बिहीबार बस्ने स्थायी कमिटीको बैठकका एजेण्डा तय गर्न बैठक बस्न लागेको हो ।
सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलले तयार पारेको सहमतिको प्रस्तावमाथि छलफल गर्ने तयारी छ । यसअघि गएको शनिबार बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठकको प्रस्ताव तयार पार्ने जिम्मा प्रचण्ड र महासचिव पौडेललाई दिएको थियो ।
सरकारका काम तथा राजनीतिक दलसम्बन्धी अध्यादेश प्रकरणबारे नेकपाभित्र विवाद छ । स्थायी कमिटी बैठकअघि प्रचण्ड र नेता माधवकुमार नेपाल समूहले हिजो छलफलसमेत गरेका छन् ।
सचिवालय बैठक आज दिउँसो तीन बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया