लकडाउन बारे निर्णय गर्न मन्त्रिपरिषद बैठक बस्दै
काठमाडौं, २४ वैशाख । लकडाउन लम्ब्याउनेबारे निर्णय गर्न आज मन्त्रिपरिषद बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने एक मन्त्रीले बताए ।
यसअघि कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन जारी राख्न सरकारलाई सुझाव दिएको थियो । समितिको सुझावअनुसार कम्तिमा एक साता लकडाउन थप्ने तयारी भएको ती मन्त्रीले झिल्कोलाई बताए ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको छ । लकडाउनको समयअवधि यही वैशाख २५ गतेसम्म छ ।
प्रतिक्रिया