जर्मन वैज्ञानिकहरूले कोरोना रोक्ने एन्टीबडी फेला पारे
काठमाडौ । जर्मन वैज्ञानिकहरूले कोरोनाभाइरसलाई शरीरको कोषमा रोक्ने एन्टीबडी फेला पारेका छन् ।
भाइरोलोजिस्ट प्रोफेसर लुका सिसिन साइनले कोरोनाभाइरस कोडिभ–१९ विरूद्ध कुनै औषधिको विकास गर्ने सही बाटोमा हामी रहेको बताए । उनले भने “यो एक महत्वपूर्ण प्राप्ति हो । हामीले पटक पटक गरेको प्रयोगबाट यो नतिजा पाएका छौं । यो नतिजा दीगो छ ।”
प्रोफेसर सिसिन साइनको टीमले अध्ययनका क्रममा ६ हजार फरक खाले मानव एन्टीबडीको विश्लेषण गरेको छ । यस मध्ये ७५० भन्दा बढीले कोरोनाभाइरसलाई रोकेको र संक्रमित रोगीमा थप फैलिन नदिएको पाइएको उनले जनाएका छन् ।
अहिले ती एन्टबडीहरूलाई सेल कल्चरमा भाइरसहरूको संख्या घटाउने अतिरिक्त परीक्षणमा प्रयोग गरिएको छ ।
यी अनुसन्धानकर्ताहरूले कुनै खोप वा औषधि नभइ गम्भीररूपमा विरामी परेका कोरोना रोगीको असरदार उपचारको खोजी गरिरहेका छन् ।
प्रतिक्रिया