बुद्धका मार्गदर्शनको परिपालन गर्न सके राष्ट्रिय एकता सुदृढ : राष्ट्रपति भण्डारी
काठमाडौं, २५ वैशाख। राष्ट्रपति विद्यादेवी भण्डारीले बौद्धदर्शनका प्रवत्र्तक तथा शान्तिदूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सके राष्ट्रिय एकता सुदृढ हुने बताएकी छिन् ।
२५६४औँ बुद्धजयन्तीका अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउन सकिने विश्वास व्यक्त गरेकी हुन् ।
साथै राष्ट्रपति भण्डारीले नेपालका आदिवासी किराँत समुदायको पवित्र एवं महान् उभौली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण राई, लिम्बू, सुनुवार, याक्खालगायत सम्पूर्ण किराँतमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छिन् ।
प्रतिक्रिया