घरमै दीपावली गरेर बुद्ध जयन्ती मनाऔँ : प्रम ओली 

घरमै दीपावली गरेर बुद्ध जयन्ती मनाऔँ : प्रम ओली 

काठमाडौं, २५ वैशाख । सरकारले आज बेलुकी घरमै दीपावली गरेर बुद्ध जयन्ती मनाउन आह्वान गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जयन्ती तथा कोरोना भाइरसविरुद्ध अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वयंसेवकप्रति सम्मान, सङ्क्रमितको शीघ्र स्वास्थ्य लाभको कामना र ज्यान गुमाएकाको शान्तिका लागि आज बेलुकी सात बजे घरघरमा दिपावली गर्न आग्रह गरेका हुन् । 

नेपालमा पनि कोरोना भाइरसको सङ्क्रमण फैलिने क्रम तीव्र बनेसँगै थप सतर्कता अपनाइएको छ । गएको चैत ११ गतेबाट सुरु भएको लकडाउनलाई आउँदो जेठ ५ गतेसम्म लम्ब्याइएको छ ।