प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाको स्वाब संकलन
काठमाडौं, २५ वैशाख । प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाको कोरोना जाँचका लागि स्वाब संकलन गरिएको छ ।
संघीय संसदको अधिवेशन सुरु हुनुअघि सबैको पिसिआर विधिबाट कोरोना परीक्षण गर्ने निर्णय अनुसार सापकोटाको पनि स्वाब संकलन गरिएको हो। सापकोटाको बानेश्वरस्थित बिआइसीसीको लोत्से हलमा स्वाब संकलन गरिएको हो।
भोलिदेखि सुरु हुने संघीय संसदको बजेट अधिवेशनअघि सबै सांसदहरुको कोरोना परीक्षण सुरु भएको छ ।
बिहान १० बजेदेखि सुरु रिएको सांसदहरुको स्वाब संकलन दिउँसो २ बजेसम्म चल्ने जनाइएको छ ।
प्रतिक्रिया