कोरोना भाइरसको कारण चीन र अमेरिकाको कुटनीतिक सम्बन्ध खस्कँदो 

कोरोना भाइरसको कारण चीन र अमेरिकाको कुटनीतिक सम्बन्ध खस्कँदो 

सबल दाहाल

काठमाडौं । कोरोना भाइरसको विषयलाई लिएर विश्वका शक्तिशाली मुलुक अमेरिका र चीन बीच भइरहेको शब्द युद्धले दुई देश बीचको दुरीलाई अझै बढाइरहेको छ । 

अमेरिका यतिबेला कोरोना भाइरसको हटस्पट बनिरहेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरसबाट भएको क्षतिपुर्ति चीनबाट गराउनुपर्छ भन्ने सम्मको टिकाटिप्पणी गरिरहेका छन् । कोरोना भाइरस महामारीले पु¥याएको क्षतिपुर्ति चीनबाट गराउन खोज्नु अमेरिकी कदमले युद्धलाई नै निम्त्याउने कुटनीतिक जानकारहरु बताउँछन् । कोभिड–१९को महामारीबाट अमेरिकामा पु¥याएको क्षतिको चीनबाट पूर्ति गराउनुपर्छ भन्ने कुरामा अमेरिकाका राजनीतिक दल तथा जनमतको समेत समर्थन रहेको छ । यदि वासिङटनले यस कदमलाई औपचारिक रुपमा निर्णय गरेर अगाडि बढायो भने दुई देश बीचको चालिस बर्षीय कुटनीतिक सम्बन्धको अन्त्य गर्नेछ । 

यतिखेर विश्वभरि फैलिएको कोरोना भाइरस सर्वप्रथम चीनको हुवई प्रान्तको वुहानमा देखा परेको थियो । चीनले यो भाइरसको उत्पत्ति गरेको, रोक्न नचाहेको वा भाइरस सम्बन्धित सूचनाहरु लुकाएर अहिले विश्वमा यो क्षति निम्तिरहेको भन्ने आरोप अमेरिका र उसका समर्थनका राष्ट्रहरुले लगाइरहेका छन् ।   

कोरोना भाइरस प्रकोपको बारेमा चीन र अमेरिकाको बीचमा भएको शब्द युद्धमा प्रयोग गरिएको भाषा र वैमनस्यताले सन् १९५० र १९६० को दशकमा शीतयुद्धको संघर्षको सम्झना दिलाउँछ । त्यसबेला प्रशान्त क्षेत्रीय शक्तिहरु कोरियाली प्रायदिप र भियतनाम युद्धमा संलग्न थिए । बढ्दो महामारीको निरन्तरतासँगै एक देशले अर्काे देशतर्फ औंला ढड्याउने वा उपनाम दिने जस्तो क्रम बढिरहेको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र मुख्य सचिव माइक पोम्पीओले भाइरस चिनियाँ प्रयोगसालाबाट उत्पन्न भएको हो र बेइजिङ्ग बाट त्यसको क्षति लिने भन्दै सार्वजनिक रुपमा बोलिरहेका छन् । चीन हाम्रो ऋणि हुन र त्यसैले बेइजिङ्गलाई जवाफदेही बनाउँदै ऊ बाट क्षतिपूर्ति माग गर्ने भन्दै अहिले विभिन्न देशका सरकार र संगठनहरुले आवाज उठाउँदै आइरहेका छन् । 

यस प्रकारको प्रचारबाजीले चीन र अमेरिकाको मिडियामा स्थान पाइरहेका छन् । उदाहरणका लागि अमेरिकाको वाल स्ट्रिट–जर्नलले बेइजिङ्गप्रति रुखो आवाज उठाउँदै आएको छ । त्यसको जवाफमा चिनियाँ मिडियाले पनि पोम्पिओलाई ‘मानव जातिको दुश्मन’, ‘राजनैतिक भाइरस’ जस्ता नाम दिदै आएका छन् । 

जनवरीमा पोम्पिओले चिनियाँ कम्युनिस्ट पार्टीलाई हाम्रो समयको प्रमुख खतराको संज्ञा दिएका थिए । त्यस्तै National Republican Senatorial Committee को ५७ पृष्ठकोे मेमो बाहिरिएको थियो । जसमा चिनियाँ कम्युनिस्ट पार्टीलाई अमेरिकी जनताको ‘शत्रु’ भनेर बर्गिकृत गर्न GOP उम्मेदवारहरुलाई निर्देशन दिइएको छ । यस्तो सन्देशले संकेत गर्दछ कि वासिङटनले चीनमा कम्युनिस्ट शासनको अन्त्य गर्न खोजिरहेको छ । 

कोरोना भाइरसको नियन्त्रणमा कमजोर सावित भएर आलोचना खेपिरहेका डोनाल्ड ट्रम्पले यसको ढाकछोप गर्न र आउँदो चुनावी रणनीतिको रुपमा यस्तो प्रचार गरेका हुन भन्ने कतिपय विश्लेषकहरुको भनाई छ ।  यो बयानबाजीको अमेरिकामा जनमतको समर्थन रहेको छ । हालैको हप्ताहरुमा Capitol Hill मा अमेरिकीहरुलाई चिनिया सरकार विरुद्ध मुद्दा हाल्ने र क्षतिपूर्ति लिने र/वा चीनलाई सजाय दिने जस्ता प्रस्ताव दुई पक्षीय समर्थनका वीलहरु तयार पारिएका छन् । 

सन १९७९ मा दुई देश बीच कुटनीतिक सम्बन्ध विस्तार भएको थियो । चिनियाँ लिडर दङ्गसियाओ पिङ्ग र अमेरिका राष्ट्रपति जिम्मी कार्टेलले दुई देश बीचको तीन दशकको मनमुनाबको अन्त्य गरेका थिए । 

ट्रम्पले चीनसँग गरेको व्यापार युद्धबाट दुई देश बीच सम्बन्ध केही चिसिएको छ र यस महामारीमा चीनलाई जवाफदेही बनाउँदै क्षतिपूर्तिको असुल गर्न खोजियो भने दुई देश बीचको सम्बन्धको अन्त्य हुनेछ ।   क्यारिह्वाङले एससिएमपि दिएको बिश्लेषणको आधारमा तयार पारिएको ।