वैठक एक दुई दिनमै हुन्छ : प्रचण्ड

वैठक एक दुई दिनमै हुन्छ : प्रचण्ड

२५ वैशाख, काठमाडौं । आज विहीवार तय भएको तर स्थगित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको वैठक अब एक दुई दिनमा बस्ने अध्यक्ष प्रचण्डले जानकारी दिएका छन् । उनी संसद वैठकको तयारीका बारेमा अनुगमन गर्न जाँदा सो जानकारी गराएका हुन । 

 वैठक बोलाउन माग गर्दै आएका २० जना स्थायी सदस्यहरुमध्ये अधिकांश पार्टी केन्द्रीय कार्यालयमा आज पुगेर स्थायी कमिटी बोलाउन दवाव दिएका छन् । स्थायी कमिटीका सदस्य युवराज ज्ञवालीले वैठकबाट नेतृत्व भाग्नु नहुने प्रतिक्रिया दिएका छन् । 

वामदेव, नारायणकाजी र विष्णुको सत्ताको अतृप्त तृष्णाको बन्दी नेकपा

दुई अध्यक्षबाट अजेण्डा तय गर्न नसकेर स्थगित भनिएको वैठकका अजेण्डाहरु आफूहरुले सुझाएको हरिबोल गजुरेलले बताए । 'कोरोनाको कहर, पार्टी, सरकारको कामको समीक्षा, नीति तथा कार्यक्रम, बजेटका बारेमा छलफल गरे भइहाल्छ', गजुरेलको जोड थियो । 

वैठक राख्नका लागि दुई अध्यक्षलाई भेटेर भन्नका लागि केही नेता जाने तयारी गरेको पनि गजुरेलले बताए । 

अध्यक्ष प्रचण्डले दुई अध्यक्षले सल्लाह गरेर वैठक राख्न लागिएको बताएकाले स्थगित वैठक छिट्टै हुने सम्भावना छ ।