भिसा अवधि सकिएका आप्रवासीलाई आफ्नो देश फर्कन मलेशिया सरकारको निर्देशन

भिसा अवधि   सकिएका आप्रवासीलाई आफ्नो देश फर्कन मलेशिया सरकारको निर्देशन

मलेशिया । मलेशियन सरकारले जनवरी १ देखि यता भिसा अवधि सकिएका आप्रवासी कामदारलाई हवाई टिकट सहित लकडाउन सकिएको १४ दिनभित्र स्वदेश फर्कने अवसर दिने भएको छ । 

मलेशियास्थित नेपाली दूतावासका अनुसार यसरी स्वदेश फर्कन चाहनेहरुले कुनै पनि जरिवाना तिर्नु नपर्ने र मे १२ देखि २६ सम्म स्वदेश फर्किसक्नुपर्न जनाएको छ ।


यसरी फर्किनेहरुले मलेसियाको अध्यागमन कार्यालयमा थप कागजात वा कुनै पास बनाउन पर्ने छैन ।

दूतावासले जारी गरेको सुचना अनुसार लकडाउन लागू हुनुभन्दा पहिले वा त्यही अवधिमा भिसा सकिएको र नवीकरण गर्नपर्ने भएमा मे १२ देखि एक महिनाभित्र कार्यालय समयमा मलेशियन अध्यागमन विभागको पुत्रजयास्थित मुख्य कार्यलयबाट गर्नुपर्ने भएमा पहिले नै एप्स मार्फत समय र अनुमती लिनुपर्ने उल्लेख्य गरिएको छ।

भिषा नविकरणका लागि मोवाइलमा प्लेस्टोरबाट powerq एप्स डाउनलोड गर्ने सकिने र पुत्रजया बाहेक अन्य राज्यमा आवेदन दिन परेमा https://sto.imi.gov.my/ वइभसाइडमा लग इन गरी कार्यलय समयमा बुक गर्नु पर्नेछ ।