बेलायतमा कोरानाबाट मर्ने काला जाति चार गुना बढी
काठमाडौ । बेलायतमा कोरोनाभाइरसबाट मर्नेहरूमा गोराहरूको तुलनामा कालाहरू चार गुना बढी रहेको बेलायती तथ्यांकले दर्शाएको छ ।
ती मध्ये बंगलादेश र पाकिस्तानी जातिय समुदायको संख्या उच्च रहेको देखिएको राष्ट्रिय तथ्यांक कार्यालय ओएनएसले जनाएको छ ।
ओएनएसले भनेको छ “ जाति समुदायहरूबीचको मृत्यु अन्तरले सामाजिक आर्थिक विपन्नतालाई आंशिकरूले दर्शाउँछ । यसका अन्य पक्षबारे अझ व्याख्या हुन बाँकी रहेको छ ।”
बंगलादेशी पाकिस्तानी , भारतीय र मिश्रित जनजातिहरूमा मृत्युको जोखिम अन्य गोरा जातिको तुलनामा बढी रहेको देखिएको जनाइएको छ ।
कोरोनाजन्य कारणहरूले गोरा जातिको तुलनामा काला जातिहरूका पुरूषहरूको मृत्यु ४.२ गुना र काला जातिका महिलाको मृत्यु ४.३ भएको छ ।
समायोजित मोडलले दर्शाए अनुसार काला पुरूष र महिलाको मृत्यु गोरा जाति समूहको भन्दा १.९ गुना बढी रहेको छ ।
समायोजित मोडलका अनुसार बंगलादेशी र पाकिस्तानी पुरूषहरूको मृत्यु १.८ गुना बढी भएको छ । चिनियाँ र मिश्रित जातिय समूहकाव्यक्तिहरूमा गोरा जातिका भन्दा जोखिम बढी रहेको ओएनएसले जनाएको छ ।
अमेरिकी डेटाले अफ्रिकी अमेरिकीहरूको मृत्यु कोभिड–१९बाट बढी हुने गरेको देखिएको छ । यिनीहरूमा लामो समयदेखि स्वास्थ्य लगायत अन्य असमानता रहेको छ ।
बेलायती सरकारले गत महिना अल्पसंख्यक जातिहरूमा कोरोनाभाइरसको बढदो जोखिमबारे अनुसन्धान गर्न आदेश दियो ।
बेलायतमा कोरोनाबाट मर्ने अधिकांश डाक्टरहरू गैर गोरा समुदायका बढी रहेका छन् ।
प्रतिक्रिया