हरेक पाँच अमेरिकी बालबालिकामा १ जनालाई खाना पुग्दैन

हरेक पाँच अमेरिकी बालबालिकामा १ जनालाई खाना पुग्दैन

काठमाडौ । अमेरिकामा हरेक पाँच बालबालिकामा एक जनालाई खाना नपुग्ने देखिएको छ ।

बालबालिकामा हुने खाद्य असुरक्षाको अवस्था अहिलेसम्मकै उच्च रहेको कोरोना अवधिमा गरिएको एक नयाँ अध्ययनमा देखिएको छ ।

कोरोनाभाइरस लकडाउनले करोडौं अमेरिकीको रोजगार गुमेको छ ।

गएको अप्रिल महिनामा अमेरिकी बालबालिकाहरूको खाद्य असुरक्षाको अवस्था सन् २००१ यताकै सर्वाधिक खराब अवस्थामा रहेको छ ।

ब्रुकिङ्ग्स इन्स्टिच्युटले बुधबार सार्वजनिक गरेको अनुसन्धानमा यस्तो उल्लेख गरिएको छ ।

अनुसन्धानकर्ता लउरन बउरले यो अवस्था चिन्ताजनक रहेको जनाएका छन् ।

अप्रिलको अन्त्यतिर पाँच अमेरिकी घरपरिवारमा एकका बालबालिकालाई खान पुग्दैन् ।

कोरोनाले गर्दा ३ करोड अमेरिकीहरूले बेरोजगारीको आवेदन दिइसकेका छन् ।

अमेरिकी कांग्रेसले खर्बौ अमेरिकी डलर बराबरको राहत प्याकेज अनुमोदन गरे पनि धेरै परिवारलाई त्यो अनुदान अपुग भएको देखिएको छ ।\

अमेरिकामा १२ लाख संक्रमित रहेका छन् भने कोरोनाबाट ७३ हजारको मृत्यु भइसकेको छ ।