कपिलवस्तुमा दुई जनामा कोरोना सङ्क्रमण पुष्टिसँगै संक्रमित सय नाघे
२५ वैशाख काठमाडौं । कपिलवस्तुमा थप दुई २ जनामा कोरोना सङ्क्रमितको पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा १६ र २२ वर्षका पुरुषमा कोरोना भाइरस सङ्क्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यी दुई जना थपिएसँगै अब नेपालमा एक सय एक जना कोरोना संक्रमित भएका छन् ।
प्रतिक्रिया