कोरोनाले ‘सेन्ट्रल नर्भस सिस्टम’मा पनि आघात गर्छ 

कोरोनाले ‘सेन्ट्रल नर्भस सिस्टम’मा पनि आघात गर्छ 

काठमाडौ । श्वास प्रणालीलाई क्षति पु¥याउने अवस्थाहरू जस्तै कोरोनाभाइरसले श्वासप्रणालीलाई नियन्त्रण गर्ने मस्तिष्कको (ब्रेन) भागमा ताप र दुखाइ ल्याउन सक्ने अनुसन्धानकर्ताहरूले फेला पारेका छन् ।

कोरोनाभाइरस जस्ता बिरामीले फोक्सोलाई पु-याएको आघातहरूको उपचारमा ब्रेनका त्यो भागलाई गरिएको उपचारबाट सहयोग मिलेको मुसाहरूमा गरिएको नयाँ अध्ययन ‘ द जनरनल अफ फिजियोलजी’मा छापिएको छ । 

छातीको संक्रमणको विरूद्ध प्रतिरोधी पूणालीले लडाइँ लड्दा यो दुखाइको प्रतिक्रियात्मक संकेत(ट्रिगर)हरू दिने गर्छ तर कुनै बेला बेला धेरै टाढासम्म जान सक्छ र यो फोक्सो भन्दा बढी खतरनाक हुन्छ । 

कोरोनाको गम्भीर असर फोक्सोमा मात्रै हुने बुझाइ रहेको भएपनि नयाँ अनुसन्धानले श्वास प्रश्वास प्रणालीलाई पनि असर हुन सकने दर्शाएको छ ।

भेन्टिलेटरको आवश्यकता हुने खालका कोरोनाका गम्भीर बिरामीको केन्द्रीय नशा प्रणाली( नर्भस)पनि घाइते हुन सक्ने देखिएको ओहियोस्थित केस वेस्टर्न रिजर्भ युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले बताएका छन् ।

ब्रेनसिस्टमको सर्किटको उपचारबाट फोक्सो प्रणालीको लक्षणहरूमा सुधारमा सहयोग पुग्ने अध्ययनबाट फेला परेको छ ।

यो अध्ययनका अगुवा लेखक सहप्राध्यापक यी ह्सी ह्सिएहले  यो अध्ययनबाट सेन्ट्रल नर्भस सिस्टमको भूमिकाबाट फोक्सोका रोगको उपचार हुन सक्ने बाटो खुलाएको बताएका छन् ।