सीके राउतको सरकारसँग आत्मसमर्पण हो : उपेन्द्र यादव

सीके राउतको सरकारसँग आत्मसमर्पण हो : उपेन्द्र यादव

काठमाडौं । सरकारसँग सीके राउतले गरेको ११ बुँदे सम्झौतापछि नयाँ राजनीतिक तरङ्ग आइरहेका बेलामा मधेसी आन्दोलनका एक समय  हस्ती तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले राउतको सरकारसँग आत्मसमर्पण गरेको जनाएका छन् । डा.सीके राउतले सरकारसमक्ष समर्पण गरेको विषयलाई लुकाउन जनकपुरमा स्वतन्त्र मधेशको नारा लगाइएको मधेसका अन्य दलले पनि भनेका छन् । 

समकालीन राजनीतिकभित्र आफूलाई स्थापित गराउन खोजिएको आवरणमा माथिको बर्कोलाई उघार्न बाध्य भएकाले सरकारसँग सम्झौता गर्न उनी बाध्य भएको तराई मधेशका नेताहरूले बताएका छन् ।

संघीय समाजवादी फोरमका अध्यक्ष तथा उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले डा. सीके राउतले सरकारसमक्ष आत्मसमर्पण गरेको बताएका छन् । यसमा प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो सफलता पाएको बताउँदै उनले भने “प्रधानमन्त्री ओलीले डा. सी के राउतलाई आफ्नो बाटो फेर्न लगाएर एक ठूलो विजय प्राप्त गर्नु भएको छ ।”

विगतको निर्वाचनका बेला डा. सीके राउतले गरेको प्रचार अभियानको परिणाम सबैका सामु अगाडि नै रहेको उनीहरूको बुझाइ छ ।

राउतले केही ठाउँमा स्वतन्त्र मधेशको नाममा जनमत संग्रहको परीक्षण निर्वाचन गराएका थिए । गएको निर्वाचनमा मतपत्रमा बहिष्कार गर्न भनेका थिए । राउतको हैसियत मधेशमा रहेको भए मतपत्रमा बहिष्कार गरिएका मतपत्र हुने थिए । त्यसका आधारमा  निर्वाचन बदर हुन सक्ने थिएन । त्यसैले राउत त्यहाँ असफल हुनुमा मधेशमा क्रियाशील राजनीतिक दलको प्रभावलाई कम गर्न नसकिएपछि सरकारसँग सम्झौता गरी पछि हटेको उनीहरूको भनाइ छ ।

पटकपटक पक्राउ परेका डा. सीके राउतले अदालतमा दिएको बयानमा कहिल्यै आफूले स्वतन्त्र मधेशको माग गरेको स्वीकार गरेका थिएनन् । त्यहाको सम्झौताबारे देखिएका विमतिहरूको खासै अर्थ नरहेको उनीहरूको भनाइ रहेको छ ।

आफूहरूको पार्टी लोकतान्त्रिक अवधारणाको आधारमा गठन भएको जनाउँदै राजपाका युवा नेता तथा सहमहामन्त्री डा. सुरेन्द्र झाले भने “पृथकतावादी नारा लगाएका राउत अहिले सम्झौतामा आउनु आफैमा गलत छैन । तर सरकारले पहिलेदेखि नै लोकतान्त्रिक आचरण गरेका शक्तिहरूलाई पाखा लगाउन खोज्नु भने गलत हो ।”

संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी यो संविधान बनाउने शक्ति भएको जनाउँदै डा. झा भन्छन् “संविधानमा रहेका असहमतिलाई पो विरोध गरेका छौं त यसका राम्रा पक्षलाई स्वीकार गरेका छौ । लोकतान्त्रिक विधिबाट त्यसको विरोध ग¥यौं ।”