हाइड्रोक्सीक्लोरोक्वीन कोरोना रोगीका लागि असफल
काठमाडौ । मलेरियाको उपचारका लागि प्रयोग हुने हाइड्रोक्सीक्लोरोक्वीन कोरोना रोगीको उपचारका लागि असफल भएको छ ।
कोलम्बिया युनिभर्सिटीको एक टोलीमा सहभागी वैज्ञानिकहरूको अध्ययनबाट हाइड्रोक्सीक्लोरोक्वीनको उपयोग गर्ने र नगर्नेबीच खास फरक नदेखिएको हो । यो अध्ययन न्यू इंग्ल्यान्ड जरनल अफ मेडिसिनमा छापिएको हो ।
अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेशनले यो औषधिको प्रयोग कोरोनाभाइरस रोगीका लागि गर्न पाउने अनुमोदन गरेको थियो ।
बिहीबार प्रकाशित यो अध्ययनले हाइड्रोक्सीक्लोरोक्वीन कोरोना बिरामीको उपचारमा असफल भएको जनाएको हो ।
कोलम्बियामा श्वासप्रशास विभागका प्रमुख डा. निल स्लगर नेतृत्वमा गरिएको सो अध्ययनमा १३०० भन्दा बढी न्यूयोर्कमा भर्ना भएका रोगीसमेतको अध्ययन गरिएको थियो ।
पाँच दिनदेखि हाइड्रोक्सीक्लोरोक्वीन दिएका बिरामीहरूको सहभागीता ६० प्रतिशत रहेको थियो । हाइड्रोक्सीक्लोरोक्वीन दिइएका रोगीहरूमा नदिइएका रोगीको तुलनामा केही फरक नदेखिएको पाइएको हो ।
फ्रान्समा गरिएको सानो समूहमा हाइड्रोक्सीक्लोरोक्वनीले राम्रो असर रोगीहरूमा देखिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई अमेरिकामा अनुमति दिने प्रयास गरेका थिए ।
ट्रम्पले यसको वकालत गरेपनि अमेरिकाको नेशनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सस डिजिजका निर्देशक तथा अमेरिकी राष्ट्रपति कार्यालयको कार्यदलका सदस्य समेत रहेका डा. एन्थनी फाउसले यसलाई सतर्कतापूर्वक अपनाउन भनेका थिए ।
प्रतिक्रिया