खरबुजाखेती गर्ने किसानलाई असर

खरबुजाखेती गर्ने किसानलाई असर

लकडाउनका कारणण् कारण खरबुजाखेती गर्ने किसान प्रत्यक्ष असर परेको छ ।  

महोत्तरी जिल्लाका उत्तरी क्षेत्रमा व्यावसायिक खरबुजाखेती गरेका किसान उत्पादित खरबुजा बजारसम्म पु¥याउन नसक्दा उनीहरु मर्कामा परेका हुन् । बन्दाबन्दीका कारण जिल्लाको भङ्गहा, गौशाला, बलवा, लोहारपट्टी र बर्दिवास नगरपालिका क्षेत्रका दुई दर्जन गाउँका किसानले लगाएको सयौँ बिघामा उत्पादित खरबुजा बजारसम्म पु¥याउन नसक्दा बारीमै कुहिने अवस्था आएको किसानले दुखेसो पोखेका छन ।

खरबुजा पाकेर बेच्ने समयमा एक्कासी यातायात र बजार बन्द हुँदा खरबुजा खेतमै सड्ने अवस्थामा पुगेको गौशालाका कृषक हजारी साहले बताए । खरबुजाखेती गर्न बैंकबाट ऋण लिएकाले बिक्री समयमा नै बजार बन्द हुँदा खरबुजा खेतबारीमै कुहिने अवस्था आएको बलवाका कृषक कारी यादवको भनाइ छ । 

लोहारपट्टीका कृषक रामकृष्ण यादवले लकडाउन अझै थपिए आफूहरुले उत्पादन गरेकोे खरबुजा खेतमै कुहिने तथा यसले आफूहरुको परिश्रम र लगानी दुबै डुब्ने बताए । जिल्लाको विभिन्न स्थानमा खरबुजाखेती गरेका दर्जनौँ किसान लकडाउनको अवस्था लम्बिँदै जाँदा आफ्नो उत्पादनलाई लिएर चिन्तित हुँदै गएका छन् । उनीहरुले आफ्ना उत्पादन बजारसम्म लैजाने वातावरण बनाइदिन सरकारसँग माग गरेका छन् ।  

गर्मी महिनामा खान उपयुक्त हुने, पानीको मात्रा बढी भएको र स्वास्थ्यका दृष्टिकोणले पनि लाभदायक हुने खरबुजा पाकेपछि जिल्ला बाहिरबाट आएका व्यापारीले यहाँको खेतबारीबाट खरबुजा खरिद गरी लैजाने गरेका थिए । लकडाउनका कारण कुनै पनि व्यापारी आउन नसकेको तथा आफ्ना उत्पादन बजारसम्म पनि लैजान नपाउँदा किसानहरु निराश भएका छन् । यहाँ उत्पादित खरबुजा स्थानीय बजारसहित जनकपुर, चितवन, हेटौंडा, इटहरी, नारायणगढ, गोलबजार, काठमाडौँसम्म पैठारी हुँदै आएको थियो ।