सरकारले शासन गर्ने नैतिक र राजनैतिक आधार गुमाइसक्यो : देउवा

सरकारले शासन गर्ने नैतिक र राजनैतिक आधार गुमाइसक्यो :  देउवा

काठमाण्डौ, २६ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले शासन गर्ने नैतिक र राजनैतिक आधार गुमाईसकेको बताएको छ । 

कोरोना सङ्क्रमणको विषम परिस्थितिमा पनि भ्रष्टाचारका विषय सार्वजनिक हुनु, सरकार लोकतान्त्रिक मुल्य मान्यता र संविधानको भावना विपरित क्रियाकलापमा संलग्न हुनु तथा  सांसद जस्तो आवाञ्छित र अपराधिक गतिविधिमा संलग्न हुनुले सरकारको नैतिक र राजनैतिक आधार गुमेको निष्कर्ष कांग्रेसको छ ।

त्यसैगरी कांग्रेसले सकरारको  अधिनायकवादी नियत विरुद्ध निरन्त लड्ने चेतावनी पनि दिएको छ । संघीय संसदको छटौ अधिवेशन अर्थात बजेट अधिवेशनको पहिलो दिन शुक्रबारको प्रतिनिधिसभा बैठकमा शुभकामना मन्तव्य दिँदै प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले सरकारले शासन गर्ने नैतिक र राजनैतिक आधार गुमाईसकेको बताएका हुन् ।

उनले भने, ‘विषम परिस्थितिमा भ्रष्टाचारका विषय सार्वजनिक हुनु, सरकार लोकतान्त्रिक मुल्य मान्यता र संविधानको भावना विपरित क्रियाकलापमा व्यस्त हुनु , सांसद को अपहरण हुनु, आवाञ्छित र अपराधिक गतिविधि कुनैपनि रुपले स्वीकार्य हुन सक्तैनन्  । यी विषयमा नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिनुको साथै अत्यन्त सुक्ष्म ढंगले विशेष गरी यो सरकारले शासन गर्ने राजनैतिक र नैतिक आधार गुमाइसकेको ठहर गरेको छ ।’

लकडाउको समयमा श्रमिक, बेरोजगार, विद्यार्थी तथा सुकुम्बासीलाई आवश्यक राहतको व्यवस्था गर्न नसकेको बताए। उनले भने “सुकुम्बासीलाई जाउलो पुर्याउने तत्कालीन दायित्व विर्सेर सरकारले यो बेला सुकुम्बासी आयोग गठन गर्नुको कुनै तर्क नै थिएन ।

लकडाउनले श्रमिक बेरोजगार र विद्यार्थीहरुलाई सबै भन्दा संकटमा पारेको, सरकारले प्रयाप्त राहत नदिंदा हजारौ श्रमिक पैदल हिडेर गाउँ फर्किएको तथा न खान दिने न गाउँ जान दिने सरकारको यस्तो व्यवहारले जनतालाई आहत पुर्याएको उनले आरोप लगाए ।

सरकारले लोकतान्त्रिक मूल्य र मान्यता र संविधानको भावना विपरीत दुई वटा विवादास्पद अध्यादेश जारी गरेर अलोकतान्त्रिक र गैर जिम्मेवारी प्रर्दशित गरेको दाबी उनले गरे । 

कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि सबै मिलेर साथ दिएका बेला दल विभाजन र संबैधानिक परिषद्को गरिमा समाप्त पार्ने षडयन्त्रपुर्वक अध्यादेश ल्याउनुबाट  प्रधानमन्त्रीको नियोजित नियति प्रष्ट भएको टिप्पणी गरे । 

उनले सांसद अपहरणमा सरकार संलग्न देखिनु दुर्रभाग्यपुर्ण कार्य रहेको भन्दै संलग्नलाई कारबाही गर्न माग गरे । 

उनले भने “एक सांसदको अपहरण हुनु र त्यसमा सरकारको संलग्नता देखिनु अर्को दुर्रभाग्यपुर्ण कार्य हो । म यस घटनाको निन्दा गर्दे अपराधमा संलग्न सबैलाई कडा कारवाही गर्न माग गर्दछु ।

उनले कोरोना विररुद्धको लडाईमा साथ दिए पनि सरकारको अधिनायवादी नियत विरुद्ध निरन्त लड्ने बताए । 

उनले भने, ‘कोरोनाबाट नेपाल र नेपालीको रक्षा गर्ने विषयमा सरकारलाई हरसंभव सघाउने तर वेथिति भ्रष्टाचार र अधिनायवादी नियतका विरुद्ध निरन्त लड्ने यी दुई नितीलाई हामी निरन्तरता दिने छौ ।’

उनले पर्याप्त सामग्रीको अभावमा पनि उच्च मनोबल सहित अग्रभागमा बसेर काम गर्ने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, संचारकर्मी एवं सरसफाईको क्षेत्रमा काम गर्नेहरुको प्रशंसा गर्दै श्रद्धा प्रकट गरे । 

उनले कोरोना सङ्क्रमणले निम्त्याएको विषय परिस्थितिमा पनि  धैर्य गर्दै सरकारसंगै नरहेर पनि संगै लड्न सकिन्छ भन्ने राष्ट्रिय एकताको भावना सहित प्रतिपक्षीले काम गरिरहेको बताए ।