चीनलाई कोरोनामा फसाउने ह्वाइट हाउसको गुप्त योजना भएको खुलासा

चीनलाई कोरोनामा फसाउने ह्वाइट हाउसको गुप्त योजना भएको खुलासा

काठमाडौ । जर्मन गुप्तचर संस्थाले अमेरिकी राष्ट्रपति कार्यालयले निरन्तर चिनियाँ प्रयोगशालाबाट कोरोनाभाइरस उत्पन्न भएको आरोप लगाउनु आफूमाथि हुने अमेरिकी जनताको क्रोध अन्यत्र सार्ने गुप्त योजना भएको विश्वास गरेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस महामारीको उचित नियन्त्रण गर्न नसकेको विरोधमा उत्पन्न हुने अमेरिकी जनताको क्रोधलाई अन्यत्र सार्ने सोचिएको चाल भएको जर्मन गुप्तचरको विश्वसनीय प्रतिवेदनमा रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

जर्मनको विदेशी गुप्तचर सेवा द बीएनडीले पनि ट्रम्प सरकारले वुहान प्रयोगशालासम्बन्धी विषयमा अनुसन्धान प्रयास गरेको पाइएको छ।

स्पाइजेल म्याजिनले फाइभ आइज गुप्तचर गठबन्धनलाई  प्रयोगशालाबारे प्रमाण उपलब्ध गराउन भनेको थियो । फाइभ आइजमा अमेरिका , बेलायत, क्यानाडा, अस्ट्रेलिया र न्युजील्यान्डको गुप्तचर संस्था सहभागी रहेका छन् । द बीएनडीलाई कसैले पनि ठोस प्रमाण उपलब्ध गराउन नसकेको स्पाइजेलले खुलाएको छ ।

जर्मन रक्षा मन्त्री एनेग्रेट क्राम्प कारेन्बाउरलाई द बीएनडीले लेखेको गुप्त पत्रमा अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले चीनमाथि आरोप थोपर्ने सोचविचार गरि चालिएको चाल भएको उल्लेख रहेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो गल्ती ढाकछोप गर्न चीनमाथि अमेरिकी जनताको क्रोध मोड्ने प्रयास गरिरहेको जर्मनको विदेश मामिला गुप्तचरसंस्था द बीएनडीले जनाएको छ ।

बेलायतका स्वास्थ्य मन्त्री म्याट हानकक, अस्ट्रेलिया प्रधानमन्त्री स्कट मरिसनलगायतका विदेशी नेताहरूले चीनको वुहानमा  यो भाइरस निर्माण भएको अमेरिकी दाबीलाई समर्थन नगरेको देखिएको छ ।

अमेरिकी गुप्तचर संस्था र स्वास्थ्य संस्थाहरूले यो भाइरस प्रयोगशालामा निर्माण गर्न सकिने सिद्धान्तलाई स्वीकार नगरेको देखिएको बेला जर्मनको गुप्तचर संस्थाले यस्तो जानकारी दिएको देखिएको छ ।