सांसद अपहरण गर्ने ? उजुरी नलिने? हुकुमी शासन? : राजेन्द्र महत्तो 

सांसद अपहरण गर्ने ? उजुरी नलिने? हुकुमी शासन? : राजेन्द्र महत्तो 

काठमाडौं, २६ वैशाख । राष्ट्रिय जनता पार्टी नेपालका सांसद राजेन्द्र महतोले केपी ओलीले ल्याएको अध्यादेश किन आएको भन्दै प्रश्न पनि गरेका छन् । 

संघीय संसदमा बोल्दै उनले प्रश्न गरे  ‘रातारात किन आयो अध्यादेश ?  पार्टी फुटाउन रे? लोकतन्त्रलाई कमजोर गराउने रे के हो यो? उनले प्रश्न गर्दै भने, ‘जनता महामारीमा परेका छन्।

यहाँ अर्कै धन्दा पो छ। अनि पार्टी फोर्ने सांसद चोर्ने यही हो यो धन्दामा जनताको पीडा कम हुन्छ? सांसद अपहरण गर्ने ? सांसद अपहरणमा परेँ भनेर जाँदा उजुरी नलिने? हुकुमी शासन?’  जनतासँग सरोकार नराख्‍ने सरकार कुनै बेला पनि काम नलाग्‍ने उनको भनाइ छ। ‘कुर्सी जोगाउने, कसरी पाउने भनेर सरकारमा बसेकाहरु लगेका छन्।

जनतासँग सरोकार नराख्ने सरकार केको लागि हुन्छ? यस्तै संकटमा जनताले सरकारबाट राहत, सुरक्षा खोजेको हुन्छ। कामन काजको दुई तिहाईको सरकार,’ उनले भने,  ‘जनताले पीडा पाउन भोट दिएको होइन। आजको दिनमा दुई तिहाईको सरकारको दुई कौडीको छैन। यस्तो बेलामा यस्तो गतिविधि गरेपछि भन्‍ने के त?’ त्यस्तै, उनले समाजवादी पार्टी र जनता पार्टीको एकता भाँड्ने खेलमा सरकार  लागेको पनि आरोप लगाए। ‘फुटाउने रे हाम्रो पार्टी। मित्र समाजवादी पार्टी पनि फुटाउने रे के हो यो?’ उनले भने, ‘सरप्राइज, रातारात सरप्राइज।

हामी त कोरोनाविरुद्ध लड्न केही आउला प्याकेज भनेको त पार्टी फुटाउने अध्यादेश पो रे। यस्ता सरप्राइज नेपाली जनतालाई चाहिएको छैन। पीडा पुर्‍याउने सरप्राइज । हामीले पनि देखाइदिएम र ल फोर।’ उनले क्षमता र एजेण्डा नभएको सरकारको विकल्प सोच्‍ने बेला आइसकेको पनि बताए। उनले कोरोना भाइरसलाई ख्याल ख्याल नसोच्‍न पनि सरकारलाई आग्रह गरे।