काठमाडौंको रविभवनमा भएको दुर्घटनामा एकको मृत्यु
काठमाडौं, २६ बैशाख । काठमाडौंको रविभवनमा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
आज बिहान रविभवनमा भएको दुर्घटनामा निजी कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको हो ।
बा ७२ प ८१७२ नम्बरको मोटरसाइकल र बा २१ च ४३४७ कार एक आपसमा जुध्दा मोरङ घर भएका २३ वर्षीय टीकाराज गेलालको ज्यान गएको हो ।
कलंकीबाट कालिमाटीतर्फ आइरहेको कारले कालिमाटीबाट कलंकी तर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
मृतक गेलाल मासु पसलमा काम गर्दै आएका थिए। उनी कुखुराको मासु बोकेर आएका थिए
प्रतिक्रिया