सुरक्षा परिषदमा अमेरिका कोरोना महामारीको समाधान प्रस्तावको विरोधमा

सुरक्षा परिषदमा अमेरिका कोरोना महामारीको समाधान प्रस्तावको विरोधमा

 काठमाडौ । अमेरिकाले कोरोना वैश्विक महामारीको समाधान खोज्ने प्रस्तावको विरोध गरेको छ ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा कोरोनाभाइरसको विषयमा ल्याउन खोजिएको प्रस्तावलाई ल्याउन नहुने विषेशाधिकार भिटोको प्रयोग अमेरिकाले गरेको छ ।

अमेरिकाले भिटो प्रयोग गरी त्यो प्रस्तावलाई रोकेको हो ।

कोरोनाभाइरस विरूद्धको समाधानलाई कार्यान्वयन गर्ने जिम्मा विश्व स्वास्थ्य संगठनलाई दिइने देखिए पछि अमेरिकाले यो प्रस्तावलाई सुरक्षा परिषद्मा आउनबाट रोकिदिएको हो ।

मार्च महिना देखि समाधान खोज्न एक मस्यौदा छलफलमा रहेको छ । विश्वभरको शत्रुता समाप्त गर्ने र सरकारलाई महामारीको सम्बोधन गर्ने विषयमा यो मस्यौदा रहेको छ ।

सुरक्षा परिषद्मा यो प्रस्तावमाथि मतदान भइ समाधान वा रिसलुसन निर्धारण हुने गर्छ । यसलाई अमेरिकाले रोकेको कुटनीतिज्ञहरूले जनाएको  अलजजीजराले उल्लेख गरेको छ ।

केही दिन अघि अमेरिकाले संयुक्त राष्ट्रको विश्व स्वास्थ्य संगठन चीनको पक्षमा रहेको भन्दै उसलाई दिइने अमेरिकी अनुदान रकम कटौती गर्ने घोषणा गरेको थियो ।

यसैगरी केही दिन अघि संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम डब्लुएफपीले कोरोनाभाइरस महामारीको असर रोक्न नसके ‘भोक महामारी’ आउने चेतावनी दिएको हो ।

खाद्य असुरक्षाको अवस्था विश्वका अधिकांश कमजोर आर्थिक अवस्था भएका देशरूमा आइपुगेको छ ।

डब्लुएफपीओका कार्यकारी निर्देशक डेभिड बिस्लीले जेनेभामा आयोजित प्रेस सम्मेलनमा यस्तो चेतावनी दिएका हुन् ।

राष्ट्रसंघीय खाद्य नियोगले करिब १० करोड मानिसलाई आकस्मिक कार्य सञ्चालन गरी सहयोग गरिरहेको छ । स्वास्थ्यको रोग महामारीसँगै भोक महामारी आउनै लागेको डब्लुएफपीओ चेतावनी दियो ।

राष्ट्रसंघले खाना नपाएर जीवनको जोखिममा पुगेका करोडौं मानिसको ज्यान जोगाउन ४.७ अर्ब अमेरिकी डलर बराबरको रकम उपलब्ध गराउन आग्रह गरेको छ ।

यसअघि मार्च २५मा राष्ट्रसंघले २ अर्ब अमेरिकी डलरको सहयोग राशि उपलब्ध गराउन आग्रह गरेको थियो । त्यस मध्ये आधा रकम नियोगले प्राप्त गरेको छ ।

बेनिन, दजिबाउटी, लाइबेरिया, मोजाम्बिक, पाकिस्तान,फिलिपिन्स, सियरा लिओन, टोगो र मोजाम्बिक जस्ता कमजोर आर्थिक देशहरूमा भोकमरीबाट जुध्न राष्ट्रसंघले सहयोग गरिरहेको छ ।

कोरोनाभाइरस संक्रमणको असर कमजोर आर्थिक अवस्था भएका देशहरूमा आगामी तीन देखि ६ महिनामा शीर्षमा पुग्ने आंशका रहेको छ ।

यस्तो राष्ट्रसंघको सुरक्षा परिषद्ले गम्भीररूपमा ध्यान दिनुपर्ने आवश्यकता रहेको छ । तर युद्धोन्मादी प्रवृतिका कारण विश्वलाई अमेरिकाले युद्ध तर्फ धकल्ने खोजेको देखिएकोमा चिन्ता व्यक्त गरिएको ।

यो समाधानले कोरोना महामारी समाधान गर्ने र बचेखुचेको युद्धका विषयलाई समाधान गर्ने उपायको खोजी गर्न समय उपलब्ध गराउन सकिने विषयलाई भिटो प्रयोग गरी निस्तेज पारिएको छ ।