चिनियाँ पत्रकार विरूद्ध अमेरिकाको नयाँ भिसा कानुन
काठमाडौ । अमेरिकाले चिनियाँ पत्रकारहरूका लागि नयाँ जटिल भिसा कानुन ल्याएको छ ।
अमेरिकाले चीनमा अमेरिकी पत्रकारहरूका लागि गरेको व्यवस्थालाई जवाफ दिन यो नयाँ कानुन ल्याएको जनाएको छ । वैश्विक कोरोनभाइरसबीच अमेरिका र चीनबीचको तनाव बढेर गएको छ ।
शुक्रबार अमेरिकाको गृहमन्त्रालयले चिनियाँ पत्रकारहरूको लागि भिसामा अमेरिका बस्ने समयअवधि घटाउने निर्णय सार्वजनिक गरेको हो । विस्तार गर्न सकिने विकल्पका साथ चिनियाँ पत्रकारहरूका लागि ९० दिने भिसा मात्र दिने जनाइएको छ ।
यो सोमबार देखि लागू हुनेछ ।
यी दुई देशले एक अर्काका पत्रकारहरूका लागि हालका महिनामा विभिन्न किसिमको कानुन लगाउँदै आएका छन् ।
मार्चमा चीनले अमेरिकी अखबारहरूका तीन पत्रकारलाई निकालेको थियो । चीनले यो कारबाही अमेरिकाले पाँच चिनियाँ राज्यस्वामित्वका पत्रकारहरू विरूद्ध त्यस्तै कारबाही गरेपछि गरेको थियो ।
प्रतिक्रिया