भारतमा कोभिड–१९ ले 'पिक' जुन–जुलाईमा लिने एम्सका डाइरेक्टरको भनाई

भारतमा कोभिड–१९ ले 'पिक' जुन–जुलाईमा लिने एम्सका डाइरेक्टरको भनाई

सबल दाहाल

काठमाडौं । अल इण्डिया इन्सिटुयट अफ मेडिकल साइन्स All India Institute of Medical Science (AIIMS) नयाँ दिल्ली का डाइरेक्टरले भारतमा कोभिड–१९ ले जुन–जुलाईमा संक्रमणले उचाई लिने बताएका छन् । एम्स भारतको उत्कृष्ट मेडिकल संस्था हो । त्यसका डाइरेक्टर डा. रणदिप गुलरियाले कोभिड–१९ को उचाई जुन–जुलाई महिनामा हुने बताएपछि भारत का साथै नेपाली जनतामा पनि एक किसिमको त्रास बढेको छ ।

भारतमा अहिले संक्रमितको संख्या बढिरहेको छ । भारतको स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार संक्रमितको संख्या ६० हजारको नजिक पुगेको छ । त्यस्तै भाइरसको कारण दुई हजारको मृत्यु भइसकेका छ । यद्यपि भारतमा मार्च २५ देखि १ अर्ब ३० करोड जनसंख्यालाई लक डाउनमा राखेको छ । लक डाउनको कारण ठूलो संकक्रमण हुनबाट रोकेको छ । लक डाउनका बाबजुद्पनि पनि भारतमा कोरोनाको संक्रमण भने दिनदिनै फैलिरहेको छ।

भारतका स्वास्थ्य विज्ञहरुले कोरोना भाइरसको संक्रमण अगस्टसम्म जान सक्ने संकेत गरेका छन् । कोरोना भाइरसको असर पिकपछि पनि देखिने बताइएको छ । 

यो महाविपत्ति लामो युद्ध जस्तै हो, हाम्रो जीवनशैली लामो समयसम्मका लागि परिवर्तन गरिनुपर्छ, सामाजिक दुरी देखि लिएर रेस्टुरेष्ट, सपिङ मल, सिनेमा हल, पर्यटन जस्ता क्षेत्रहरुमा महिनौंसम्म असर पर्ने एम्सका डाइरेक्टर डा रणदिपको भनाई छ । 

यदि इण्डियामा जुन–जुलाईमा संक्रमितको संख्या अत्याधिक बढ्यो भने त्यसको प्रत्यक्ष असर नेपालमा देखिने छ । नेपाल र भारतको खुल्ला सिमाको कारण पनि भारतको जोखिम नेपालको पनि जोखिम हुनेछ । अहिले जे जति संक्रमित देखिएका छन् अधिकांश भारतबाट आएकाहरु मै देखिएको छ । तर नेपाल सरकारको कोरोना भाइरसको जोखिमबाट गर्नु पर्ने पूर्व तयारी भने अत्यन्तै न्युन र कमजोर देखिएको छ ।