भारतीय मिचाहा प्रवृत्तिबिरुद्ध बोले कमल थापा
काठमाडौं, २७ वैशाख । राप्रपाका अध्यक्ष कमल थापाले भारतले मिचाहा प्रवृत्ति देखाएको भन्दै त्यसको विरोध गरेका छन् । उनले नेपाली भूमी अतिक्रमणगरि बाटो बनाउने भारतीय मिचाहा प्रवृत्तिबिरुद्ध सरकारको पछिल्लो वक्तव्यलाई सही समेत भनेका छन् ।
आज ट्विटरमा थापाले यस्तो लेखेका छन्,”नेपालीभूमी अतिक्रमणगरि बाटो बनाउने भारतीय मिचाहा प्रवृत्ति बिरुद्ध सरकारको वक्तव्य सहिछ। सो भावना अनुरुप भारत सरकारलाई बिरोधपत्र पठाउन,भारतीय राजदुतलाई बोलाई बिरोध जनाउन र राष्ट्रिय सहमति कायमगरि राष्ट्रसंघ९ग्ल्०मा आवाज उठाउने लगायत अन्य कदम चाल्न सरकारसंग आग्रह गर्दछु ।”
प्रतिक्रिया