अमेरिका चीनबीच वैश्विक शक्तिको तराजू कता ढल्किने ?

अमेरिका चीनबीच वैश्विक शक्तिको तराजू कता ढल्किने ?

काठमाडौ ।अमेरिका  र चीनबीचको तनाव  कोरोनाभाइरस महामारीबीच झनै चर्केर गएको छ । यी दुई महाशक्तिबीचको शक्ति प्रतिस्पर्धामा विश्वका शक्तिहरू कता  ढल्किने विषयमा विज्ञहरूले विश्लेषण गरिरहेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस चीनको वुहानस्थित प्रयोगशालामा बनाइएको आरोप लगाइरहेका छन् । यसका साथै अमेरिकाले चिनियाँ प्रभावक्षेत्रमा रहेको साउथ चाइन सीमा शक्ति प्रदर्शन गररिरहेको छ । 

भेरिस्क म्याप्लेक्रोफ्टका एसिया विश्लेषक हुगो ब्रेनानले आगामी १२ महिनासम्म कोरोनाभाइरसले यी दुई देशबीच तनाव कायम रहेन पूर्वानुमान गरिरहो छन् ।

द इकोनोमिस्ट इन्टेलिजेन्स युनिटले जनाए अनुसार महामारी अघि नै यी दुई बीच आर्थिक वर्चस्वको प्रतिस्पर्धा रही आएको थियो ।

दुई वर्ष यता यी दुई देशले व्यापार युद्ध सञ्चालन गर्दै आएको छ ।बौद्धिक सम्पति अधिकार (इन्टलेक्चुअल प्रोपर्टी राइटस)सम्बन्धी विवाद यी देशबीच रही आएको थियो । व्यापार युद्धको चरबद्ध समाधानका लागि जनवरीमा एक सम्झौता गरिएको थियो । यो सम्झौता कोरोनाभाइरस महामारी फैलिन अघि गरिएको थियो ।

तर गत साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन विरूद्ध नयाँ अतिरिक्त भन्सार महशुल बढाउने चेतावनी दिए । ट्रम्पले चुनावमा ‘चीनमाथि आरोप लगाउ’ भन्ने नारा अगाडि ल्याइरहेकाछन् । फेरि निर्वार्चित भए अर्को चार वर्षसम्म यी दुई देशबीचको सम्बन्ध खस्रो नै रहने देखिन्छ ।

चीन विरोधी धुन गुञ्जिए पनि कोरोनाभाइरस महामारीले विश्वका शक्तिहरूलाई पश्चिमबाट पूर्वतर्फ द्रुतगतिमा सार्न लगाउने सम्भावना देखिएको छ ।

चीनले कोरोनाभाइरस विरूद्ध शुरूमा अपनाउनुपर्ने सावधानी अमेरिकाले मात्रै नअपनाएको आरोप लगाइरेको छैन् । उसले बेलायत र अस्ट्रेलियाले पनि कोरोनाभाइरस विरूद्ध अपनाउनुपर्ने सावधानी नअपनाएको आरोप लगाएको हो ।

चीनले महामारीको संकटसँग जुध्दै आफ्नो अवसर र प्रभावको विस्तार पनि गरिरहेको विश्लेषकहरूको भनाइ रहेको छ । चीनले ‘मास्क डिप्लोमेसी’लाई अगाडि बढाइसकेको छ ।
चीनले आफ्नो उपस्थितिलाई विश्वका कतिपय ठाउँमा थप बलियो पार्ने अवस्था देखिएको छ ।

अफ्रिका, पूर्वी युरोप, दक्षिणपूर्व एसिया र ल्याटिन अमेरिकामा चीनले आफ्नो उपस्थितिलाई बलियो पार्न सकिने द इकोनमिस्ट इन्टेलिजेन्स युनिटको बुझाइ छ ।

कोरोनाभाइरस नियन्त्रण गर्न चीनको भूमिका, ठूलो व्यापरिक साझेदार र विश्वमञ्चमा अमेरिकी नेतृत्वको अभाव जस्ता विषयले चीनलाई बलियो बनाइरहेको भेरिस्क म्याप्लेक्रोफ्टका विश्लेषकहरूको भनाइ छ ।

कोरोनाभाइरसबाट अमेरिका सर्वाधिक प्रभावित देशको रूपमा देखा प¥यो भने चीनले आफ्नो देशको अवस्थामा नियन्त्रण कायम गरेको उपलब्ध डेटाहरूले दर्शाइरहेका छन् ।

दुई महाशक्तिबीचको प्रतिस्पर्धाको लडाइँमा को जित्ने भन्न गाह्रो रहेपनि चीनको शक्ति र प्रभावमा बृद्धि भइरहेको देखिएका कारणले दर्शाइरहेको छ ।

कोरोना वैश्विक महामारीले विकसित अर्थतन्त्र भएको अमेरिका र युरोपेली अर्थतन्त्रलाई लामो समयसम्म प्रभावित पार्ने द इकोनोमिस्ट इन्टेलिजेन्स युनिटको कथन छ ।

यी अर्थतन्त्रहरूलाई यो प्रभावबाट मुक्तहुनका लागि वित्तीय तथा मौद्रिक मापदण्ड अपनाउनुपर्ने पर्ने हुन्छ । यसले गर्दा यसको सुस्त आर्थिक बृद्धि लामो समयसम्म रहने देखिन्छ ।
चीनले कोरोनाबाट पहिले सतर्क भएकाले यसको अर्थतन्त्रमा परेको प्रभावमा सुधार पहिले आउने छ ।

यसका सार्थ महामारीले विश्वका आर्थिक शक्तिहरूको सन्तुलनमा हेरफेर हुन र वैश्विक शक्ति पश्चिमबाट पूर्वमा आउने छ । आर्थिक क्षेत्रको विस्तार पूर्वमा फराकिलो हुनेमा शंका गर्ने ठाउँ देखिदैन् ।