थप एक ब्यक्तिमा कोरोना लागेको पुष्टि, नेपालमा संक्रमित संख्या ११० पुग्यो 

थप एक ब्यक्तिमा कोरोना लागेको पुष्टि, नेपालमा संक्रमित संख्या ११० पुग्यो 

नेपालमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या ११० पुगेको छ।

आइतवार बिहान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप एक जनामा कोभिड १९ भेटिएको जनाएको छ।

मन्त्रालयद्वारा जारी वक्तव्यमा भनिएको छ, 'कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणअनुसार नयाँ पुष्टि भएको सङ्ख्या एक छ। जो उदयपुर भुल्के निवासी ४३ वर्षीया महिला हुनुहुन्छ। 'उनको अवस्था सामान्य रहेको र उनी स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।