आजदेखि काठमाडौं उपत्यकामा सवारी चलाउन ‘टाइम कार्ड’ लागू 

आजदेखि काठमाडौं उपत्यकामा सवारी चलाउन ‘टाइम कार्ड’ लागू 

आजदेखि काठमाडौं उपत्यकाभित्र सवारी साधन चलाउन ‘टाइम कार्ड’ लागू भएको छ। जसअनुसार अब टाइमकार्डमा तोकिएको समयमा मात्रै सवारी साधन चलाउन पाइने भएको छ।

टाइम कार्ड अनुसार सरकारी कार्यालयका कर्मचारीहरू बिहान ९ बजेदेखि साढे १० बजेसम्म कार्यालय जान र बेलुका ५ बजेदेखि ६ बजेसम्म घर फर्किसक्नुपर्ने छ भने बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीहरू बिहान ९ बजेदेखि साढे १० बजेसम्म गइसक्नुपर्ने र बेलुका साढे ३ बजेदेखि ५ बजेसम्म घर फर्किसक्नुपर्ने समय तोकिएको छ ।

त्यस्तै खाद्यान्न तथा तरकारी लगाएतका खाद्य सामग्री बिहान १० बजेभित्र ढुवानी गरिसक्नु पर्नेछ भने निमाण सामग्री बोकेका ठूला सवारीलाई बेलुका ८ बजेदेखि बिहान ६ बजेसम्म उपत्यकाभित्र प्रवेश गर्न पाउनेछन्।

औषधि र खानेपानीको सवारी साधानको हकमा भने टाइम कार्ड लागू हुने छैन। सो सवारी साधनहरु जुनसुकै बेला पनि चल्न पाउने भएका छन्।