आजबाट संसदमा प्रि-बजेट छलफल शुरु हुँदै

आजबाट संसदमा प्रि-बजेट छलफल शुरु हुँदै

काठमाडौं । संसदमा आजबाट विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामाथिको छलफल शुरु हुनेभएको छ ।

आज ११ बजे बस्ने प्रतिनिधिसभाको बैठक र १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटको सिद्धान्त र प्राथमिकता पेस गर्ने र यस उपर तीन दिनसम्म छलफल हुनेछ । 

नीति तथा कार्यक्रमपछि मात्र प्रिबजेट छलफल गरिनुपर्ने भएतापनि बजेट जेठ १५ मा पेश गर्नैपर्ने भएका कारण वैशाख २८ गतेबाटै प्रि–बजेट छलफल गर्न लागिएको हो ।

सरकारको नीति तथा कार्यक्रम जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट पेश गर्ने कार्यक्रम राखेको छ । सरकारको नीति तथा कार्यक्रमको छलफल र छलफलमा उठेका जिज्ञासाको जवाफ दिने क्रम सकिएपछि जेठ १३ गते आर्थिक सर्वेक्षण प्रस्तुत हुने छ भने १५ गते आर्थिक वर्ष २०७७र७८ को बजेट पेश गरिने छ ।

यसअघि संसदको बजेट अधिवेशन गत शुक्रवारबाट शुरु भएको थियो ।