सीमामा चीन र भारतका सेनाको दोहोरो भिडन्त

सीमामा चीन र भारतका सेनाको दोहोरो भिडन्त

२८ वैशाख, काठमाडौं । नर्थ सिक्किमको नाकु ला सेक्टरमा चीन र भारतका सैनिकहरुबीच भिडन्त भएको छ । यस भिडन्तमा दुवै तर्फका सेना घाइते भएका छन् । यस भिडन्त शनिवार भएको थियो । 

डोक्लाममा विवाद १६ जुन २०१८ मा सडक बनाउने कार्यका कारण उत्पन्न भएको थियो । चीनले निर्माण गरेको सडकमा भारतले आफ्नो दावी गर्दै आक्रमण गरेको थियो । 

चीन र भारतबीचमा जम्मु कश्मिर, अरुणाञ्चलसम्म तीन हजार चार सय ४८ लामो सीमा पर्छ । यसको सिक्किममा मात्रै दुई सय २० किमि पर्छ । बेलाबेलामा सीमा समस्याका कारण भिडन्त हुँदै आएको छ ।