बिना शर्त कैदी साट्ने अमेरिका समक्ष इरानको प्रस्ताव

बिना शर्त कैदी साट्ने अमेरिका समक्ष इरानको प्रस्ताव

काठमाडौ।  इरान सरकारका एक प्रवक्ताले अमेरिकासँग कैदीबन्दी साट्ने बिना शर्त प्रस्ताव गरेको बताएका छन् । 

कोभिड –१९संक्रमित दुई कैदीबन्दी साट्ने समाचार सार्वजनिक भएपछि इरानको तर्फबाट सबै कैदी बन्दी साट्ने प्रस्ताव गरिएको हो ।

अलि रखबिइले भने “ हामी  सबै कैदीबन्दी साट्न तयार छौं । हामीले बिना शर्त यस विषयमा अमेरिकासँग छलफलका लागि तयार छौं । तरअमेरिकाले यसबारे कुनै प्रतिक्रिया जनाएको छैन् ।”

अमेरिकी नौसेनाका सैनिक अधिकारी माइकल ह्वाइट र नाम नखुलाइएको इरानी अमेरिी डाक्टरलाई बन्दीसँग साट्ने विषयमा अमेरिका र इरानी कुटनीतिज्ञबीच छलफल भएको समाचार न्यूयोर्क टाइम्सले सार्वजनिक ग-यो । इरानका बरिष्ट कुटनीतिज्ञ अब्दोलफजल मेराबदीले यी दुईको विषयमा जनाएको समाचारमा जनाइएको थियो ।

ह्वाइटलाई सन् २०१८मा पक्राउ परेका थिए र राष्ट्रिय सुरक्षा अभियोग लगाइएको थियो । उनलाई चिकित्साका लागि जेलबाट रिहा गरिएको थियो । हाल उनलाई तेहरानस्थित स्विस दूतावासको हिरासतमा राखिएको छ । उनलाई कोरोना संक्रमण भएको र हाल उनी निको भइसको पारिवारिक स्रोतले जनाएको छ ।

अमेरिकी मिडियाले ह्वाइटलाई ५९ वर्षीय इरानी अमेरिकी विज्ञानका प्रोफेसर सिरौस अस्गरीको साटो कैदीबन्दी साटासाट गरिने जनाइएको छ । अमेकिाले अस्गरीलाई इरानमाथि लगाएको आर्थिक नाकाबन्दीको उल्लंघन गरेको आरोपमा हिरासतमा राखेको छ । अस्गरीलाई कोरोना संक्रमण भएको र अमानवीय तरिकाले राखिएको जनाइएको छ ।

कैन्दीबन्दी साटासाटलाई अमेरिका र इरानबीचको मैत्रीपूर्ण सम्बन्धको संकेतको रूपमा लिइन्छ । गत डिसेम्बरमा इरानले जासुसी गरेको आरोपमा  बन्दी बनाइ राखेको चिनियाँ अमेरिकी विज्ञ सियु वाङलाई रिहा गरेको थियो ।

इरानको यो व्यवहार अनुरूप अमेरिकाले इरानी वैज्ञानिक मसुद सोलेमानीलाई रिहा गरेको थियो । यो कैदीबन्दी साटासाट भएपछि इरानका विदेशमन्त्री महमुद जावेद जरिफले अमेरिकासँग सबै कैदीबन्दी साटासाट गर्न तयार रहेको जनाएका थिए ।

न्यूयोर्क टाइम्सले जनाए अनुसार इरानले चार अमेरिकीलाई बन्दी बनाएको छ भने दुई दर्जन इरानीलाई अमेरिकाले बन्दी बनाइराखेको इरानको दाबी रहेको छ ।