भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंह अस्पताल भर्ना

भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंह अस्पताल भर्ना

काठमाडौ । भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहलाई अस्पताल भर्ना गरिएको छ ।

८७ वर्षीय सिंहलाई अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स नयाँ दिल्लीमा छाती दुखेर असहज अनुभव भएपछि आइतबार राति भर्ना गरियो ।

तत्काल उनको अवस्था सामान्य रहेको र आइसीयु बाहिर उपचार भइरहेको छ ।

भारतको १३औं प्रधानमन्त्रीको रूपमा अर्थविद् सिंहले सन् २००४देखि २०१४सम्म पदीय जिम्मेवारी सम्हालेका थिए ।हाल सिंह उपल्लो सदनका सदस्य हुन् ।

सन् २००९मा उनको बाइपास सर्जरी सोही अस्पतालमा गरिएको थियो । कोरोनाभाइरसको संकेत भने नदेखिएको जनाइएको छ ।कोरोनाभाइरस समाते सिंहको स्वास्थ्यमा जटिलता थपिने चिकित्साविज्ञहरूको बुझाइ छ ।

भारतमा २ हजार बढीको मृत्यु कोरोनाभाइरसबाट भइ सकेको छ ।