अमेरिकाले विश्वयुद्ध दोस्रोको इतिहासबाट सोभियत युनियन हटायो
काठमाडौ । अमेरिकाले विश्वयुद्ध दोस्रोका बेला नाजी जर्मन विरूद्धको युद्ध विजयको इतिहासबाट कम्युनिस्ट नेतृत्वको सोभियत युनियनको भूमिका हटाएको छ ।
यसबारे आपत्ति प्रकट गर्दै रूसले अमेरिकासँग गम्भीर कुरो गर्ने जनाएको छ ।
ह्वाइट हाउसले विजय दिवसको अवसरमा जारी सन्देशमा सोभियत युनियनलाई पूर्णरूपमा हटाएको भन्दै रूसी विदेश मन्त्रालयले विश्वयुद्ध दोस्रोको इतिहास बिगार्ने काम भएको जनाएका छन् ।
“अमेरिकी अधिकारीहरूमा सहास न त इच्छा नै न्याय गर्न रहेको छ । .. लाल सेना र सोभियत जनताले मानवताका नाममा गरेका विशाल त्याग र प्रदर्शन गरेको निर्विवादित भूमिकाप्रति अमेरिकी अधिकारीले न्याय गर्न नसकेका छैनन् ।” जारी विज्ञप्तिमा उल्लेख रहेको छ ।
ऐतिहासिक तथ्यलाई वर्तमानको चाहनाका आधारमा बेवास्ता गर्नु सोच्न नसकिने विषय हो । विश्व युद्धमा नाजी जर्मनीको विरूद्धको युद्धमा कम्तीमा २ करोड ७० लाख सोभियत जनताको ज्यान गएको थियो ।
अमेरिकी मिडियाले ह्वाइट हाउसबाट जारी विज्ञप्तिमा अमेरिका र ग्रेटब्रिटेनले नाजी विरूद्ध विजय प्राप्त गरेको जनाएका थिए । अमेरिकी मिडियाले विश्वयुद्ध दोस्रोमा कम्युनिस्ट नेतृत्वको सोभियत संघको भूमिकालाई अनदेखा गरेकाछन् ।
प्रतिक्रिया