कोरोनाले अमेरिकाको धन जमानी व्यवसाय मासिने चिन्ता

कोरोनाले अमेरिकाको धन जमानी व्यवसाय मासिने चिन्ता

काठमाडौ । कोरोनाले अमेरिकामा बस्ने बन्दीगृहका बन्दीहरूको जीवन संकटमा  पारेको छ ।

बन्दीगृहका बन्दी एकै ठाउँ खाने बस्ने र नुहाउने गर्छन् । यस्तोमा उनीहरूको जीवनमा संकट थपिए अमेरिकामा दशकौं देखि फस्टाएको २ अर्ब अमेरिकी डलर बराबरको धन जमानी व्यवसाय समाप्त हुने चिन्ता बढेको छ ।

मे ६ सम्म ‘द मार्शल प्रोजेक्ट’ले तयार पारेको आँकडा अनुसार अमेरिकाका २० हजार बन्दीमा कोरोनाभाइरस पजिटिभ रहेको परीक्षण गरिएको छ । बन्दीगृहमा रहेका कैदीबन्दीको चाप घटाउन र कोरोनाभाइरस नियन्त्रण गर्न १६ हजारभन्दा बढीलाई रिहा गरिएको छ ।

प्रिज्न पलिसी इन्स्टिच्युटका अनुसार अमेरिकी जेलमा बस्ने बन्दीहरूमा ७४ प्रतिशत कुनै अपराध नगरेकाहरू बस्ने गरेका छन् ।  धेरै जसो धन जमानी तिर्न नसकेका कारण जेलमा बसेका हुन्छ । विश्वमा व्यवसायिकरूपमा धन जमानीको व्यवसाय सञ्चालन गर्ने दुई देशमध्ये एक अमेरिका हो ।  अर्को चाही फिलिपिन्स ।

धन जमानी कम्पनीहरूको गठबन्धन द अमेरिकन बेल कोलिसनका कार्यकारी निर्देशक  जेफ क्लेटनले जनाए अनुसार धेरै धन जमानी कम्पनीहरूले आफ्ना कामदारलाई कामबाट हटाइ दिनुपरेको छ ।

धेरै जसो अमेरिकी न्याय प्रणाली अहिले बन्द हुन पुगेका छन् । धन जमानी बिचौली वा बेल एजेन्टका कम्पनीहरू समेत बन्द भएका छन् ।

अमेरिकाको धन जमानी व्यापार गर्ने प्रोफेसनल बेल एजेन्ट्स अफ द युनाइटेड स्टेट्सले जनाए अनुसार अमेरिकामा करिब १४ हजार बेल एजेन्टहरू रहेका छन् । क्यालिफिोर्नियामा ३ हजार २सय इजाजत प्राप्त बेल एजेन्टहरू छन् ।

क्यालिफोर्निया, टेक्सा र फ्लोरिडामा ठूला धन जमानी बजार( बेल बन्ड मार्केट) रहेका छन् ।तर विन्सकसिन, ओरेगन, केन्टुकी, इलिनोइस र म्यासाचुसेट्समा बेल बन्ड अवैध रहेको छ ।

न्यूयोर्क स्टेट बेल बोन्डस्म्यान असोसिएसनका बरिष्ठ उपाध्यक्ष तथा इम्पाएर बोन्डसका प्रमुख कार्यकारी एवं स्थापक मिचिल एस्क्वेनाजीको भनाइका आधारमा पक्राउ पर्ने अवस्था न्यून रहेको र कानुनमा हुने सुधारले बेल बन्ड बिजनेश मासिने खतरा बढेको छ ।

धन जमानी बिना पक्राउ परेकाहरू छुट्न थालेपछि यो व्यवसाय समाप्त हुने चिन्ता व्यवसायीहरूको रहेको छ । कोरोनाले धन जमानी बिना पक्राउ परेकाहरूलाई रिहा गर्नुपर्ने अभियानकर्ताहरूको प्रभाव बढेकाले यो चिन्ता बढन गएको व्यवसायीहरूको भनाइ छ ।