सीमामा काडेतार लगाएर भए पनि दीर्घकालीन समाधान खोजौँ : माधव नेपाल
काठमाडौं, २९ वैशाख । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै नेकपाका सचिवालय सदस्य माधवकुमार नेपालले सीमामा काडेतार लगाएर भए पनि दीर्घकालीन समाधान खोज्नु पर्ने बताएका छन् ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले तत्काल आधिकारिक नक्सा सार्वजनिक गर्नसमेत माग गरेका छन् ।
सोमबारको बैठकमा उनले कालापानी र लिपुलेक समेटिएको नक्सा नभएको भनी दिएको अभिव्यक्तिप्रति पनि आपत्ति जनाएका छन् ।
नेता नेपालले भिडियो कन्फ्रेन्समार्फत् तत्काल वार्ता गर्नको लागि पनि आग्रह गरेका छन् । भारतले मानसरोवार जाने बाटो एकतर्फीरुपमा खुलाएपछि पुनः विरोध चर्किएको छ ।
प्रतिक्रिया