भूमि अतिक्रमणबारे वार्ता गर्न नेपाल धेरै पर्खिदैन : मन्त्री ज्ञवाली 

भूमि अतिक्रमणबारे वार्ता गर्न नेपाल धेरै पर्खिदैन : मन्त्री ज्ञवाली 

काठमाडौं, २९ वैशाख । भारतले नेपाली भूमि अतिक्रमण गरेर लिपुलेकमा सडक बनाएपछि नेपालले त्यबारे वार्ता गर्न धेरै पर्खिन सक्ने जनाएको छ । आपत्ति जनाएको छ नेपाल सरकारले त्यसलाई यथास्थितिमा राख्न पनि माग गरेको छ । 

जवाफमा भारतले आफ्नै भूमिमा सडक बनाएको दाबी गरेको छ र, सीमा समस्याबारे कोरोना भाइरस (कोभिड–१९) को महामारीपछि नेपालसँग वार्ता गर्न तयार रहेको बताएको छ ।

त्यसबेलासम्म नेपालले पर्खिन नसक्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् । अन्तराष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘अस्ती भारतीय विदेश मन्त्रालयका प्रवक्ताको वक्तव्य हेर । कोरोनापछि वार्ता गर्न तयार छौं भन्नुभएको छ । हामी त्यति पर्खिने पक्षमा छैनौं । छिटो वार्ता सुरु गर्नुपर्छ भन्ने छ।’ सरकार भोलि गरेपनि हुन्छ, फुर्सदमा गरौंला भन्ने पक्षमा नरहेको उनले बताए ।