भारतीय अतिक्रमणविरुद्ध काठमाडौंमा मोदीको पुत्ला दहन

भारतीय अतिक्रमणविरुद्ध काठमाडौंमा मोदीको पुत्ला दहन

काठमाडौँ, २९ वैशाख । भारतले नेपालको भूमि मिचेर दार्चुलाको लिपुलेक हुँदै तिब्बतको मानसरोवर जोड्ने सडक बनाएको विरोधमा सोमबार पनि काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शन भएको छ । भारतीय अतिक्रमणविरुद्ध विभिन्न दलसम्बद्ध भ्रातृ संगठनका नेता कार्यकर्ता सडकमा उत्रिएका हुन् ।

उनीहरुले भारतीय प्रधामन्त्री नरेन्द्र मोदीको पुत्लादन गरेका छन ।  

सोमबार माइतीघर–बबरमहल क्षेत्रबाट ३० जना जति प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीले बताए ।