सप्तरीका एक युवामा कोरोना संक्रमणको पुष्टि, नेपालमा संक्रमित संख्या १२१

सप्तरीका एक युवामा कोरोना संक्रमणको पुष्टि, नेपालमा संक्रमित संख्या १२१

काठमाडौँ, २९ बैशाख । सप्तरीका एक १८ वर्षीय युवकमा पनि कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । जिल्लाको डाक्नेश्वरीका ती युवकमा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या १२१ पुगेको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रष्ठिान, धरानको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । हालसम्म प्राप्त जानकारी अनुसार उनको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । उनी स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताएका छन् ।

आज (सोमबार) विहान मात्र कपिलवस्तुका १० जनामा एकैपल्ट कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।