चीनले अमेरिकी सामान नकिन्ने अमेरिकी थिंक ट्यांकको चिन्ता

चीनले अमेरिकी सामान नकिन्ने अमेरिकी थिंक ट्यांकको चिन्ता

काठमाडौ । कोरोनाभाइरस संकटले चीनलाई अमेरिकाबाट खरिद गर्न सकिने सामान किन्न नसक्ने अवस्थामा पु-याउने अमेरिकी थिंक ट्याकले चिन्ता व्यक्त गरेको छ ।

व्यापार युद्धको समाधान चरणबद्धरूपमा गर्ने गरी अमेरिका र चीनबीच पहिलो चरणको व्यापार सम्झौता भएको थियो ।सेन्टर फर स्ट्रेटेजिक एन्ड इन्टरनेशनल स्टडीजले हालै यस्तो पूर्वानुमान गरेको छ ।

विश्वका दुई ठूला अर्थतन्त्रबीच जनवरीमा निर्यातमा यो वर्ष ३६.६ प्रतिशतले यो वर्ष बृद्धि गर्ने सम्झौता भएको थियो ।सन् २०२०को पहिलो तीन महिनामा अमेरिकाबाट चीनमा हुने सिपमेन्ट १० प्रतिशतले घटेको थिंक ट्यांकले जनाएको छ ।

अनुसन्धान परियोजनाहरूका लागि यो अवस्था सर्वाधिक निकृष्ट मानिन्छ । अमेरिकी सामानको आयात चीनले ६० अर्ब अमेरिकी डलर बराबरको गर्न सक्यो ।

चीनले अमेरिकी उत्पादनमूलक वस्तु ऊर्जा ,कृषिजन्यवस्तु तथा सेवा दुई वर्षमा कम्तीमा २ खर्ब बराबरको खरिद गर्ने सहमति जनाएको थियो । अमेरिकी थिंक ट्यांकले यो लक्ष्य पूरा हुन नसक्ने चिन्ता  व्यक्त गरेको हो ।

कोरोनाभाइरसको संकटले यो लक्ष्य पूरा हुन नदिने देखिएको हो ।

चीन र एसियामा जतिखेर यो भाइरसको प्रकोप बढिरहेको थियो त्यतिखेर अमेरिकाले कुनै चीनलाई कुनै सहुलियत दिन अस्वीकार गरेको थियो ।

अहिले ट्रम्प सरकारले  चीनमाथि दबाब दिँदै नयाँ भन्सार महशुल थप्ने चेतावनी दिँदै आएको छ ।

व्यापार युद्धको मध्यतिर  अमेरिकामा चीनको प्रत्यक्ष लगानी  महामन्दी यताकै सबैभन्दा न्यूनस्तरमा झरेको नेशनल कमिटी अन युएस चाइना रिलेसन र रोडियम ग्रुपले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । नकारात्मक प्रवृति यो वर्षका शुरूवाती महिनामा  झन खराब देखियो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले चीनसँगको तनाव बढाउने अभिव्यक्ति दिइरहेका छन् । चीनसँग गरिएको पहिलो चरणको सम्झौतालाई च्यातिदिने चेतावनी दिएका हुन् ।