कोरोनाभाइरसबाट हुने मृत्युको दोषी डोनाल्ड ट्रम्प

 कोरोनाभाइरसबाट हुने मृत्युको दोषी डोनाल्ड ट्रम्प

काठमाडौ । कोरोनाभाइरसबाट हुने मृत्युको दोषी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भएको ख्यातिप्राप्त विद्वान नोम चोम्स्कीले  बताएका छन् ।

डब्लुएचओलाई दिइने गरिएको कोष कटौती गरी र आवश्यक गर्नुपर्ने काम ट्रम्पले नगरी दिँदा अमेरिका र अमेरिका बाहिर कोरोनाभाइरसबाट मृत्यु भएको चोम्स्कीको भनाइ रहेको छ ।

“ ट्रम्पले आफ्नो पदावधिको हरेक वर्षमा केही न केही काट्दै आएका छन् । ट्रम्पको यस्तो व्यवहारले जनतालाई समस्यामा पार्ने छ ।” चोम्स्कीले एक अन्तर्वार्तामा बताएका हुन् ।

अहिलेको आर्थिक संरचनालाई समाप्त पार्नुपर्नेमा जोडदिँदै प्रगतिशील अन्तर्राष्ट्रिय समूहको प्रवद्र्धनमा जोड दिनुपर्ने उनले जनाए ।

बढी भन्दा बढी मानिसको हत्या महामारीले गरोस भन्ने रणनीतिमा रहेका ट्रम्प यही नीतिबाट चुनाव जित्ने दाउमा रहेको उनले जनाए । डब्लुएचओको कोष कटौती गरिदिँदा अफ्रिकीलगायतका देशहरूमा धेरै मानिसको मृत्यु हुन सक्ने उनले जनाए ।

कोषको अभावमा डब्लुएचओले गर्नुसक्ने क्षमता अनुसारको काम गर्न नसक्ने उनको भनाइ थियो ।