वीरगञ्जमा दुुईजना पत्रकारलाई कोरोना संक्रमण पुष्टि

वीरगञ्जमा दुुईजना पत्रकारलाई कोरोना संक्रमण पुष्टि


वीरगञ्ज, ३० वैशाख । पर्सामा पत्रकारलाई कोरोना संक्रमण भएको छ । त्यहाँ भेटिएका ३९ जना कोरोना भाइरस संक्रमितमध्ये दुुईजना पत्रकार भएको पाइएको छ ।

नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले संक्रमितमध्ये पत्रकार पनि भएको पुष्टि गरेका छन् ।

वीरगञ्जमा पहिलो पटक ३१ चैतमा तीन जना जमातीमा संक्रमण देखिएको थियो भने छपकैयामा एकै परिवारका १८ जनामा संक्रमण पुष्टि भएको छ । वीरगञ्जका पत्रकारहरूले जोखिम मोलेर रिपोर्टिङ गर्दै आएका थिए ।