“धुम्रपानले कोभिड–१९को जोखिम कम गर्दैन” 

“धुम्रपानले कोभिड–१९को जोखिम कम गर्दैन” 

काठमाडौं । विश्व स्वास्थ्य संगठन (Who) ले “धुम्रपानले कोभिड–१९ को जोखिम कम गर्दछ” भन्ने दावीलाई खारेज गरेको छ । साथै Who ले धुम्रपान गर्नेहरुलाई यस महामारीमा धुम्रपान त्याग गर्न अनुरोध गरेको छ । 

पेरिसको एक अस्पतालमा भएको अध्ययनमा चुरोटको टोबाकोले कोरोना लाग्नबाट रोक्ने बताएको कुराको खण्डन गर्दै Who ले चुरोट खाने व्यक्तिलाई कोरोना भाइरसबाट अझ बढी हानी पु¥याउने बताएको छ । 

हु ले वैज्ञानिकहरु तथा सञ्चारमाध्यमहरुलाई ठोस प्रमाण बिना सुझाव नदिन पनि आग्रह गरेको छ । 

कोभिड–१९ ले मानिसको फोक्सोमा असर गर्छ र धुम्रपानले पनि मानिसको फोक्सोलाई नै असर गर्छ । जसले गर्दा भाइरससँग लड्न अरुलाई भन्दा गाह्रो पर्छ । हु ले यस्तो भ्रामक समाचारको पछि नलाग्न पनि मानिसहरुलाई आग्रह गरेको छ ।